
ललितपुर । गुड नेर्वस इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा लेले सामुदायिक विकास केन्द्रद्धारा संचालित एकिकृत सामुदायिक विकास परियोजना अन्तरगत श्री सरस्वतीकुण्ड कृषि सहकारी संस्था लि. गोदावरी नगरपालिका –६, शिर्खपा का ३ वटा कृषक समुहहरु(घलानटोल कृषक समुह,पहाडे कुषक समुह र रानागाउँ कृषक समुह)लाई ३ वटा र श्री सारङ्गीडाँडा महिला कृषि सहकारी संस्था लि., गोदावरी नगरपालिका–७,सारङ्गीडाँडालाई ३ वटा गरी जम्मा ६ वटा मिनी टिलर (हाते टयाक्टर) सहकारी संस्थालाई हस्तान्तरण गरिएको छ । सरस्वतीकुण्ड कृषि सहकारी संस्थाको लागि गोदावरी–६ का अध्यक्ष विष्णुमान मर्हजनवाट एक कार्यक्रमको विच हस्तान्तरण गरिएको थियो । उक्त कार्यक्रममा लेले सामुदायिक विकास केन्द्रका अध्यक्ष गणेश बहादुर नगरकोटी र सहकारी संस्थाको अध्यक्ष सविता नगरकोटीको पनि उपस्थिती रहेको थियो । सहकारी संस्थाको कार्य क्षेत्रमा रहेका कृषकहरुलाई खेतीमा प्रविधिको आधुनिकिरण तथा सहजताका लागी सहकारी संस्था मार्फत मिनी टिलर (हाते टयाक्टर) हस्तान्तरण गरिएको हो । गुड नेर्वस इन्टरनेशनल नेपालको तथा लेले सामुदायिक विकास केन्द्रको साझेदारीमा ५० प्रतिशत र ५० प्रतिशत समुहको लगानीमा ६ सेट मिनी टिलर खरिद गरि हस्तान्तरण गरिएको जानकारी लेले सामुदायिक विकास केन्द्रका सहकारी व्यवसाय विकास अधिकृत सुवाश बस्नेतले जानकारी दिनुभयो । सहकारी अन्तरगतका कृषक समुह सदस्यहरुले गर्दै आएका टनेल तथा खुला रुपमा गरिएको तरकारी खेतीलाई प्रविधिको माध्यमबाट सहजता भई उत्पादनमा बृद्धि हुने अपेक्षा एकिकृत सामुदायिक विकास परियोजना रहेको छ । आउदा दिनमा स्थानीय सरकार संग समन्वय तथा सहकार्यमा यस क्रियाकलापलाई निरन्तरता प्रदान गर्नको लागि लेले सामुदायिक विकास केन्द्रका अक्ष्यक्ष गणेश बहादुर नगरकोटीले सम्वन्धित पक्ष संग अनुरोध गनुभयो ।


