दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

जलकाली सेवा समाजद्वारा जनप्रतिनिधि तथा जेष्ठ नागरिक सम्मान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ जेष्ठ २४ गते, मंगलवार २०:०३

२४ जेठ, काठमाडौ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५, सानो थली, काठमाडौस्थित जलकाली सेवा समाजले स्थानीय निर्वाचन २०७९ बाट निर्वाचित हुनु भएका नगर प्रमुख उपेन्द्र कार्की, उपप्रमुख शान्ता थापा, वडा नं ५ का वडा अध्यक्ष शंकर पाण्डे तथा वडा सदस्यहरू गोमा रोक्का, आत्माराम पौडेल, सरस्वती खनाल र सुशान्त श्रेष्ठलाई जेठ २४ गते अभिनन्दन ग¥यो ।

नगरप्रमुख उपेन्द्र कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अभिनन्दन समारोहमा समाजका ७० वर्ष नाघेका १८ जना जेष्ठ सदस्यहरू एवम् समाजका सदस्य सुरेश कुमार वाग्लेलाई विद्यावारिधि हासिल गर्नु भएकोमा दोसल्ला ओढाई सम्मान गरिएको थियो । सो कार्यक्रममा नगरप्रमुख कार्कीले समाजको प्रमुख अंग जेष्ठ नागरिकहरूलाई घरमै गई स्वास्थ्य परीक्षण तथा उपचार सुविधा उपलब्ध गराउने नगरपालिकाको लक्ष्य रहेको कुरा बताउनु भयो । कार्यक्रममा नगर उपप्रमुख शान्ता थापा तथा वडा अध्यक्ष शंकर पाण्डेले पनि जेष्ठ सदस्यहरुको हकहित तथा सेवामा सदा प्रतिबद्ध रहेको कुरा व्यक्त गर्नु भयो ।

जलकाली सेवा समाजका अध्यक्ष प्रदिप पोखरेलको सभापतित्वमा सम्पन्न सो कार्यक्रम संचालन समाजका सचिव जयराम वाग्लेले गर्नु भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु