
काठमाडौ ।संञ्चारकर्मी बिना श्रेष्ठको निर्देशनमा सामाजिक विषयवस्तुमा आधारित “उनी बोल्दिनन् अचेल”बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
गायक आनन्द कार्कीको स्वर,देवेन्द्र केसीको शब्द, शक्ति बल्लभको सङ्गीत रहेको गीतमा मनोहर सुनमको एरेञ्ज छ ।म्युजिक भिडियोमा अभिनेता सरोज खनाल र अभिनेत्री करिश्मा मानन्धरको शसक्त अभिनय रहेको छ ।
रश्मी शाक्य निर्माता रहेको भिडियोमा उत्तम हुमागाईँले छायाँकन,अनिल कुमार महर्जनले सम्पादन गरेका छन । भिडियो ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरीएको छ।
हेर्नुस् भिडियो –


