दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

भ्याली पब्लिक र इबीएको जित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ जेष्ठ २५ गते, बुधबार १७:५२

काठमाडौं, जेठ २५ गते ।भ्याली पब्लिक र इडेन ब्रिज एकेडेमी (इबीए) ले पाँचौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बुधबार जित हात पारेका छन् ।
भ्याली पब्लिकले गोल्डेनपिकलाई १६–१४ ले पराजित ग¥यो । भ्याली पब्लिकको जितमा विशाल परियारले ८ अंक योगदान गरे । निखिल शाहीको ६ अंक सहयोगमा इबीएले स्काइलार्कलाई १४–५ ले हरायो ।
सिनियर ब्वाइजमा एचएचसीए, गोल्डेनपिक, ग्रिनल्यान्ड र नेपाल मोडेलले सफलता पाए । एचएचसीएले इबीएलाई ३२–१४ ले पन्छायो । एचएचसीएका विक्रम तामाङले ६ अंक जोडे । गोल्डेनपिकले आयोजक बसुन्धारा नेसनल एकेडेमी (बीएनए) लाई ३६–३१ ले निराश पा¥यो । गोल्डेनपिकका दिनेश रपालले २२ स्कोर गरे । ग्रिनल्यान्डले भ्याली पब्लिकमाथि ३९–३४ को जित दर्ता ग¥यो । ग्रिनल्यान्डका निम्ति दिवश भुजेलले ११ अंक बटुले । नेपाल मोडेलले हिमरश्मीलाई २२–१९ ले पाखा लगायो । विजेताका सतिश श्रेष्ठले २० अंक जोडे ।
सिनियर गल्र्समा आयोजक बीएनए विरुद्धको खेलमा भ्याली पब्लिक २७–२ ले विजयी भयो । भ्याली पब्लिककी लोरिशा गौचनले सर्वाधिक १६ स्कोर गरिन् । दुई खेल वर्षका कारण स्थगित भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु