
स्टेन्डिङ क्रिकेट शुक्रबारदेखि
नेपाल ह्व्लिचेयर क्रिकेट संघको आयोजनामा टी– २० अन्तर्राष्ट्रिय फिजिकल्ली च्यालेन्ज क्रिकेट (स्टेन्डिङ क्रिकेट) को शृखंला शुक्रबारदेखि सुरु हुने भएको छ । तीन खेलको शृंखला जेठ २७ देखि ३० गतेसम्म मुलपानीमा हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष छुल्टिम शेर्पाले जानकारी गराए ।
नेपाल र भारतबीच तीन खेल हुन लागेको हो । प्रायोजकमा गरिमा बैंक, एसबीआई बैंक, फ्रिडम कार्गो, सगरमाथा मल्टिपल कलेज, बोधीसत्व विहारलगायत रहेका छन् ।


