दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

तारकेश्वर गाउँपालिकाले सुरु गर्यो २४ घण्टे नि:शुल्क हटलाइन सेवा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ जेष्ठ २६ गते, बिहीबार २०:३३

नुवाकोट ।नुवाकोटको तारकेश्वर गाउँपालिकाले गाउँवासीका लागि २४ घण्टे नि:शुल्क हटलाइन सेवा सुरु गरेको छ । गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले बिहीबार हटलाइन सेवाको उद्घाटन गरे । दाङसिङस्थित गाउँ कार्यपालिकाको कार्यालयमा स्थापित हटलाइन सेवा केन्द्रको उद्घाटन गर्दै अध्यक्ष अधिकारीले सेवालाई प्रभावकारी ढङ्गले सञ्चालन गर्ने प्रतिबद्धता जनाए । २४सै घण्टा हटलाइन सेवा दिन कर्मचारीको व्यवस्था गरिएको बताउँदै अधिकारीले विनाशंकोच आफ्ना गुनासा वा सल्लाह सुझाब टिपाउन र गाउँवासीलाई अनुरोध गरे ।
‘सेवालाई प्रभावकारी बनाउन २४सै घण्टा कर्मचारी रहने व्यवस्था मिलाइएको छ,’ उद्घाटनपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष अधिकारीले भने, ‘यो सेवाको भरपूर उपयोग गर्नुहुन म सम्पूर्ण तारकेश्वरवासीमा हार्दिक अनुरोध गर्दछु । यहाँहरूको सल्लाह सुझावलाई हामी सहर्ष ग्रहण गर्ने छौं । गुनासाहरूको उचित सम्बोधन गर्ने छौं र समस्यालाई यथाशीघ्र समाधान गर्न लागिपर्ने छौं ।’
गत साता बसेको नवनिर्वाचित गाउँकार्यपालिकाको पहिलो बैठकले अध्यक्ष अधिकारीको प्रस्तावमा हटलाइन सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो ।
अध्यक्ष अधिकारीका अनुसार जनताको सल्लाह सुझाब संकलन गर्ने र जनगुनासोलाई कदर गर्दै जनताका समस्या तत्काल समाधान गर्ने उद्देश्यले हटलाइन सेवा सुरु गरिएको हो । गाउँपालिकाभित्र एम्बुलेन्स, प्रहरीजस्ता अत्यावश्यकीय सेवा लिन पनि हटलाइनको प्रयोग गर्न सकिने उनले बताए ।


हटलाइन सेवाका लागि गाउँपालिकाले टोल फ्री नम्बर १६६००१४५२२२ सञ्चालनमा ल्याएको छ । तारकेश्वरवासीले याे नम्बरमा चौबिसै घण्टा फोन गर्न सक्छन् । यो नम्बरमा फोन गर्दा टेलिफोन शुल्क लाग्दैन ।
समाजसेवाबाट राजनीतिमा लागेका तारकेश्वरका लोकप्रिय नेता अधिकारी अध्यक्ष निर्वाचित भएसँगै तारकेश्वरवासीले गाउँमा विकास र सुशासनको अपेक्षा गरेका छन् । ‘सुखी, सुन्दर र समुन्नत तारकेश्वर’को नारा दिएर भारी मतले निर्वाचित भएका अधिकारी आफ्ना सल्कल्प पूरा दिशामा अग्रसर हुन थालेका छन् । योसँगै, उनले अघि सारेको ‘सेवा र सुशासन’को योजनाको सुरुवातका रूपमाहटलाइन सेवालाई लिन सकिन्छ । हाम्रो जानकारीअनुसार, जनगुनासोका लागि टोल फ्री हटलाइन सेवा सञ्चालन गर्ने तारकेश्वर नेपालकै पहिलो गाउँपालिका हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु