तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नोजा र ॐ समाज डेन्टल हस्पिटल बिच बिबिध बिषयमा संझौता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ जेष्ठ २६ गते, बिहीबार २१:५१

काठमाडौं । पत्रकार हरुको उत्थानमा सकृय संस्था राष्ट्रिय अनलाइन पत्रकार संघ (नोजा) र ॐ समाज डेन्टल हस्पिटल बिच बिबिध बिषयमा संझौता भएको छ ।

संझौतामा राष्ट्रिय अनलाईन पत्रकार संघ (नोजा)मा आबद्ध भएका अनलाईन मिडिया तथा पत्रकार हरुलाई ॐ समाज हस्पिटल को केही सुबिधा बाहेक सबै सुबिधामा बीस प्रतिशात छुट दिने सहमति भएको हो ।

संझौतामा ॐ समाज हस्पिटल ले दिने बिज्ञापन मा नोजामा आवद्ध मिडियाहरुले पचास प्रतिशत छुट दिने ब्यबस्था गरिएको छ ।

यो बाहेक अन्य सुबिधामा समेत हस्पिटलले नोजाले सिफारिस गरेका पत्रकार हरुको छुट को ब्यबस्था गर्न तयार रहेको हस्पिटलका अध्यक्ष डा.शुवास घिमिरे ले बताउनु भएको छ ।

नोजाका अध्यक्ष मुकुन्द ढुंगाना र हस्पिटलका अध्यक्ष डा.शुवास घिमिरे द्वारा हस्ताक्षर गरिएको संझौता पत्र ले अनलाईन पत्रकारीता गरीरहेका पत्रकार हरुलाई ठूलो सहयोग पुग्ने नोजाका अध्यक्ष मुकुन्द ढुंगाना ले बताउनु भयो।

नोजाले हस्पिटल को सामाजिक कार्यक्रम मा सहकार्य गर्ने र प्रचार प्रसार गर्ने भएपछी हस्पिटल को पनि जन संबन्ध बढ्ने बिश्वास गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु