दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बेल्काेटगढी नगरपालिका संग एमसीए र सप्राेस नेपाल बीच छलफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ जेष्ठ २७ गते, शुक्रबार ७:२३

नुवाकोट । बेल्काेटगढी नगरपालिका अन्तर्गत एमसीए प्रभावितहरुकाे लागी जीवन उपयाेगि हुने कार्य गर्ने बिषयमा नगरपालिका र
एमसीए र सप्राेस नेपालका बीच छलफल भएकाे छ ।

एमसीए र सप्राेस नेपालका प्रतिनिधिले बिहिवार नगर प्रमुख जगत बहादुर गुरूङ उप प्रमुख शिव दाहाल र प्रमुख प्रसासकिय अधिकृत दिपक खतिवडा लगायत नगरका जनप्रतिनिधिहरु तथा प्रतिनिधि बीच छलफल गरेका छन।

भेटमा नगर प्रमुख गुरूङले एमसीएकाे कारण बेल्काेटगढिले ठुला सम्पत्तिकाे रुपमा खेतीयोग्य जमिन गुमाएकाे साथै साना ठुला धेरै उधाेग धन्दा गुमाएको छ र राज्यलाई तिर्दै आएकाे कर समेत गुमाएकाे बताउनु भयाे ।

नगरपालिकाले राष्ट्रिय गौरवको आयाेजनाकाे रुपमा रहेकाे एमसीएलाई सहयाेग गर्ने तर आयाेजनाकाे कारण नगरपालिकालाई भएकाे कृषि योग्य जमिन समेत गुमाउनु परेकाे छ। अब समग्र नगरपालिका र नगरबासिलाई समेत फाइदा हुने गरी काम गर्न ध्यानाकर्षण समेत गराउनु भयाे ।

यस्ता छन एमसीए सग मेयर गुरूङको मागहरू

१) एमसीएकाे याेजनाले वडा नम्बर ७ लगायत १३ वटै वडामा प्रविधिक शिक्षा ,स्वास्थ र यातायतमा सहजकर्ताकाे रुपमा काम गर्नु पर्ने

२) एमसीएले नियुक्ति दिने कर्मचारीको हकमा बेल्काेटगढिलाई पहिलाे प्रथामिकता मा राख्नु पर्ने

३)भुमिहिनहरुकाे रुपमा पुगेकाे बेल्काेटगढि ७ का जनताकाे निमित्त पुनर्वासको व्यवस्था गर्नु पर्ने

४) देश संघिय लाेकतान्त्रिक गणतन्त्रको काे रुपमा रहेकाे र साेहि अनुसार राज्यकाे नेत्तृवदायि भुमिका निर्वाह गरि रहेकाे अवश्यमा दलिल,जनजाति,गरिब,सिमान्तकृत,अल्पसंख्यक भनेर अर्क्षण छुट्यउदा सहिद तथा बेपता परिवारलाई पनि समेटनु पर्ने

५) एमसीए परियाेजनाकाे निर्माणाधीन भाैतिक संरचना बिकाश र अन्न कार्हरुमा आउने बाधाअर्च र समस्यामा भाेलि स्थानिय सरकारले नै यसकाे सहजकर्ता काे भुमिका निभाउनु पर्ने

६) आयोजनाले कम्तिमा पनि नगर भित्रको २ वटा पक्कि सडक निर्माण गर्नु पर्ने जस्ता महत्त्वपूर्ण माग नगर प्रमुखले राख्नु भयकाे छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु