तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

ग्रिनल्यानडको तेहोरो जित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ जेष्ठ २८ गते, शनिबार ७:२१

ग्रिनल्यानडको तेहोरो जित
ग्रिनल्यान्डले पाँचौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शुक्रबार तेहोरो जित निकालेको छ । ग्रिनल्यान्डले सिनियर ब्वाइज÷गल्र्स र जुनियर ब्वाइजमा जित हात पारेको हो ।
सिनियर ब्वाइजमा ग्रिनल्यान्डले स्कोलर्स होमलाई ६९–३० ले पराजित ग¥यो । ग्रिनल्यान्डको जितमा दिवस भुजेलले २५ अंक योगदान गरे । सिनियर गल्र्समा जेनिशा श्रेष्ठको ६ अंक सहयोगमा ग्रिनल्यान्डले फेरिल्यान्डलाई १४–४ ले हरायो । जुनियर ब्वाइजमा हिमरश्मी विरुद्धको खेलमा ग्रिनल्यान्ड २०–६ ले विजयी भयो । ग्रिनल्यान्डका आयुश घलेले ८ स्कोर गरे ।
सिनियर ब्वाइजको अन्य खेलमा एन्जल्स हार्टले काठमाडौं ग्लोबललाई ३४–२, गोल्डेनपिकले युनिभर्सिटीलाई ५०–१० र लालीगुराँसले हिमरश्मीलाई ४०–१५ ले पन्छाए । एन्जल्स हार्टका विवश गर्बुजाले ७, गोल्डेनपिकका दिनेश रपालले १२ तथा लालीगुराँसका दीपेश थापाले ११ अंक बटुले ।
जुनियर ब्वाइजमा स्किब्सले काठमाडौं ग्लोबललाई ९–२ तथा एन्जल्स हार्टले गोल्डेनपिकलाई १८–११ ले पाखा लगाए । स्किब्सका अनुज लिम्बूले ७ तथा एन्जल्स हार्टका प्रतीक कँडेलले १० स्कोर गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु