तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

लैङ्गिक विभेद अन्त्य गर्न सघाउ पुग्छ भन्ने सन्देश प्रवाह गर्ने गीत ‘छोरी’ सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ जेष्ठ २८ गते, शनिबार १९:३६

छोरीलाई सही संस्कार , समान अवसर र हौसला दिएर सक्षम बनाउन सकिन्छ । छोरी सक्षम हुनुले लैङ्गिक विभेद अन्त्य गर्न सघाउ पुग्छ भन्ने सन्देश प्रवाह गर्ने गीत ‘छोरी’ कडरिया इन्टरटेनमेन्ट मार्फत भर्खरै सार्वजनिक भएको छ । शिव पलाँसको शब्दलाई रमेश कडरियाले संगीत गरेका छन् भने भ्वाइस अफ किड्सका फाइनल प्रतिस्पर्धी रुक्सना लिम्बु र अनुजा कडरियाले आवाज भरेका छन् । यसका साथै गीतमा रयापर क्यानोपसको पनि आवाज छ । यो गीतको भिडियोमा कार्टुन क्रु जुनियरको डान्स आस्मा विश्वकर्मा, रमेश कडरिया, युनिका कडरियाका साथै गायिकाद्वय लिम्बु र कडरियाको अभिनय देख्न पाइन्छ । सरोज अधिकारीको भिडियो निर्देशनमा निमबाबु तामाङले गीतमाथि कोरियोग्राफी गरेका छन् । रमेश कडरियाले यसभन्दा पहिला पनि महिला हिंसा बिरुद्धको सचेतनामुलक गीत कठोर’ल्याईसकेका छन् । भिडियो ‘कडरिया इन्टरटेन्मेन्ट प्रा.लि.मार्फत ‘कडरिया इन्टरटेन्मेन्ट युट्युब’ च्यानल बाट सार्वजनिक गरेका छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु