
ललितपुर। गुर्ड नेवर्स इन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा आधारभुत मेडीकल उपकरण हस्तान्तरण गरेको छ।
लेले सामुदायिक विकास केन्द्र द्धारा संचालित एकिकृत सामुदायिक विकास परियोजनाको कार्यक्षेत्र भित्र रहेको लेले आधारभुत स्वास्थ्य एकाई, गोदावरी नगरपालिका वडा नं. ६ को माग र वडा कार्यालयको सिफारिस तथा समन्वय साथै लेले सामुदायिक विकास केन्द्रको स्वास्थ्य शाखाबाट भएको आवश्यक पहिचानको आधारमा आधारभुत स्वास्थ्य एकाइलाई मेडिकल सामाग्री तथा फर्निचर सहयोग गरिएको छ ।
सामाग्री स्वास्थ्य संस्थाको लागि आधारभुत मेडीकल उपकरण ANC bed, Autoclave, autoscope, weighing machine, pediatric weighing machine, dressing set, foot step, official table, chair लगायतका मेडीकल सामाग्री तथा फर्निचर लेले सामुदायिक विकास केन्द्रको अध्यक्ष गेणेश बहादुर नगरकोटीद्धारा गोदावरी न.पा.वडा अध्यक्ष विष्णुमान महर्जनलाई एक समारोह विच २०७९ जेठ २७ गतेका दिन स्वास्थ्य संस्थाका कर्मचारीहरुको उपस्थीतीमा हस्तान्तरण गरिएको थियो ।
स्वास्थ्य संस्थामा गरिएको मेडीकल सामाग्री तथा फर्निचरको सहयोग पश्चात स्वास्थ्य संस्थाले प्रदान गर्ने सेवामा बृद्धि भई सेवाग्राहीको उचित सेवा पाउने अपेक्षा गरिएको एकिकृत सामुदायिक विकास परियोजनाकी जनस्वास्थ्य अधिकृत पहरा जी.सी. ले बताउनु भयो ।


