दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ओलम्पिक डेमा स्क्वास सुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ असार १ गते, बुधबार २१:२४

काठमाडौँ, असार १ गते । ओलम्पिक डे स्क्वास प्रतियोगिताको बुधबार पुरुष एकलमा राष्ट्रिय च्याम्पियन अमृत थापा मगरले सुर्जन श्रेष्ठलाई सजलै ११–१, ११–२, ११–३ ले हराएर विजयी सुरुआत गरेका छन् ।
नेपाल स्क्वास एन्ड र्याकेट्स संघको आयोजनामा भएको प्रतियोगिताको पहिलो दिन अमिर ब्लोन, लालबहादर गुरुङ, विनोद शाक्य, उमित शाक्य, दीपक थापा, प्रवीण कंसाकार, दिव्य वज्राचार्य पनि आआप्mनो खेल जितेर अर्को चरणमा पुगे । अमिरले रिद्धि शाक्यलाई ११–१? ११–४, ११–३, विनोदले राज महर्जनलाई ११–६, ११–४, ९–११, ११–५, उमितले मित्र गुराउलाई ११–४, १२–१०, ११–३, दिपकले दिलिप नाथ अधिकारलाई ९–११, ११–८, ९–११, ११–४ र ११–५, प्रवीणले अनिल वज्राचार्यलाई ११–५, ११–५, ११–६ तथा दिव्यले विनायक श्रेष्ठलाई ११–७, ११–९ र ११–४ ले हराए । शिव कायस्थले रिटायर्ड हर्ट भएपछि लालबहादुर विजयी भए ।
५० वर्षमाथिको भेटरान्स एकलमा कमल शाक्यले जुनिल शाक्यलाई ११–७, ११–५, ११–५, दिलिप अधिकारीले अजय सिम्हलाई ११–९, १५–१३, ११–३, मनोज बहादुर श्रेष्ठले जितेन्द्र जोशीलाई १०–१२, ११–९, ११–८, ११–१, विदुर धमलाले रोविन शाक्यलाई १३–११, ६–११, १३–११, ८–११, ११–७ र विनोद शाक्यले रत्न महर्जनलाई ११–२, ११–३ र ११–४ ले पराजित गरे ।
यसअघि, नेपाल ओलम्पिक कमिटी (एनओसी)अन्तर्गतको स्पोर्टस फर अल कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठ तथा स्क्वास संघका अध्यक्ष किशोर महर्जनले संयुक्तरुपमा नेपाल र आइओसीको झन्डोत्तोलन गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा स्क्वास संघले सञ्चारकर्मी प्रज्ज्वल शाक्यलाई मिडिया सल्लाहकारमा मनोनित गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु