तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

एसिसि महिला टी–२० च्याम्पियनसिपमा नेपालले विजयी शुरुवात

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ असार ३ गते, शुक्रबार १६:२९

३ असार, काठमाडौं । सार्क प्रतिद्वन्द्वी भुटानलाई ५० रनले हराउँदै मलेसियामा शुक्रवारबाट शुरु भएको एसिसि महिला टी–२० च्याम्पियनसिपमा नेपालले विजयी शुरुवात गरेको छ ।

यूएसडी यूकेएम ओभलमा नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भुटानले १७.५ ओभरमा सबै विकेट गुमाएर मात्र ४४ रन जोड्दा नेपालले ५० रनको जित निकालेको हो । मध्यम लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भुटानका लागि छिरिङ जान्गमोले सर्वाधिक १६ रनकोे पारी खेल्दा एनगावाङ छोडेनले ८ तथा सोनाम छोडेनले ५ रन योगदान गरिन् । पेमा सोल्डेनले ४ रन जोड्दा पाँच खेलाडीले मात्र समान १ रन जोडेका थिए । भुटानलाई सस्तैमा समेट्न नेपालकी संगीता राईले ४ विकेट लिईन । यस्तै कविता कुँवरले २ तथा अश्मिना कर्माचार्य, सिता राना मगर र इन्दु वर्माले १÷१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरा २० ओभरमा ९ विकेट गुमाएर ९४ रनको योगफल तयारी पारेको थियो । नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक २६ रन जोड्दा इन्दु बर्माले २० रन जोडिन् । कप्तान रुबिना क्षेत्रीले २१ रन जोडिन् भने डोली भट्टले ५ रन बनाइन् । सीता मगरले ४, ममता चौधरीले ३, विन्दु रावलले १ तथा अश्मिना कर्माचार्य र ज्योती पाण्डे शुन्य रनमा आउट भए । कविता कुँवर १ रनमा अविजित रहिन् । बलिङतर्फ भुटानकी सोनम पाल्डोनले ४ तथा अञ्जु गुरुङ र टासी छेकीले १÷१ विकेट लिए ।

च्याम्पियनसिप अन्तर्गत नेपालले अब कुवेतसँग शनिवार खेल्नेछ । यस्तै नेपालले सोमवार बहराइन र अन्तिम खेलमा मंगलवार हङकङसँग खेल्नेछ । च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जस अन्तर्गत नेपाल समूह बीमा छ । नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् । यस्तै समूह ए मा मलेसिया, युएई, ओमान, कतार र सिंगापुर रहेका छन । समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी–ट्वान्टी एशिया कप क्रिकेटमा छनोट हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु