तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

रग्बी टोली बंगलादेश जाँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ असार ३ गते, शुक्रबार २०:१६

रग्बी टोली बंगलादेश जाँदै
बंगबन्धु बंगलादेश–नेपाल अन्तर्राष्ट्रिय रग्बी सिरिजमा भाग लिन नेपाली टोली शनिबार बंगलादेशको ढाका प्रस्थान गर्दै छ ।
जेठ ७ र ८ गते हुने सिरिजमा सहभागी हुने खेलाडीमा कृष्ण क्षेत्री (कप्तान), विराट श्रेष्ठ (उपकप्तान), श्रीराम श्रेष्ठ, प्रेम कोइराला, विक्रम पुरी, विक्रम भारती, सुरज चौधरी, शेरबहादुर वली, रोशन घर्ती, निरोज कार्की, नवीन महर्जन, विवेश बासु, सञ्जीव कुँवर, रमितबहादुर मल, यदु अधिकारी, अमरसिंह श्रेष्ठ, सुमन चौलागाईं, पूजन फेवाली, जुकेन्द्र राई, रामकिशोर चौधरी, सुजन कुमाल र हुतराज प्रधान छन् । प्रशिक्षकमा टंकराज गिरी, म्यानेजरमा गोपाल क्षेत्री र फिजियोमा लक्ष्मण अधिकारी छन् ।
यसै सिरिजबाट नेपालले पहिलो पटक ‘फिफ्टिन ‘ए’ साइडमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्न लागेको हो । सेभेनमा नेपालले सात वर्षदेखि अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्दै आए पनि फिफ्टिनमा भने पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो । नेपालले घरेलु टोली बंगलादेशसँग ढाकास्थित आर्मी स्टेडियममा सेभेन ‘ए’ का दुई खेल र फिफ्टिन ‘ए’ साइडका एक खेल खेल्नेछ ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल रग्बी संघका कार्यवाहक अध्यक्ष दीपक देवकोटा, महासचिव चेतनराज गिरी, सचिव गोविन्द घिमिरेलगायतले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।
सो अवसरमा सदस्य–सचिव घिसिङले पहिलो पटक फिफ्टिन ‘ए’ साइडमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्न लागेकोमा खेलाडीलाई बधाई दिँदै सफलताका लागि शुभकामना दिए । सदस्य–सचिव घिसिङले नेपालमा अन्तर्राष्ट्रिय रग्बी सिरिज गर्न राखेपले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । संघका कार्यवाहक अध्यक्ष दीपक देवकोटाले विपक्षी कस्तो छ भन्दा पनि हामी हराउन सक्छौं भन्ने आत्मविश्वासका साथ खेले जित सम्भव रहेको प्रतिक्रिया दिए ।
त्यसै अवसरमा संघले राष्ट्रिय टोलीको जर्सी प्रयोजक फिटवेल स्पोर्ट्स वेर कम्पनीसँग दुई वर्षको सम्झौता गरेको छ । त्यसबापत कम्पनीले दुई वर्षसम्म नेपाली टोलीलाई जर्सी प्रदान गर्नेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु