दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बीएनए र एन्जल्स हार्ट फाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ असार ४ गते, शनिबार २२:३७

काठमाडौं, असार ४ गते ।
बसुन्धारा नेसनल एकेडेमी (बीएनए) र एन्जल्स हार्ट छैटौं स्किब्स कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार फाइनलमा प्रवेश गरेका छन् ।
बीएनएले आयोजक स्किब्सलाई ९–४ तथा एन्जल्स हार्टले इेडेन ब्रिज एकेडेमी (इबीए) लाई १२–३ ले पराजित गरे ।
सिनियर ब्वाइजमा त्रिज्योति र ग्रिनल्यान्डले उपाधि भिडन्त पक्का गरे । त्रिज्योतिले महामञ्जुश्रीलाई १७–१६ को झीनो अन्तरले हरायो । ग्रिनल्यान्डले भ्याली पब्लिकमाथि २१–१७ को जित दर्ता ग¥यो ।
सिनियर गल्र्समा एनसीसीएस र निम्स ‘ए’ ले फाइनल यात्रा तय गरे । एनसीसीएले भ्याली पब्लिकलाई १०–८ ले पाखा लगायो । काष्ठमण्डप विरुद्धको प्रतिस्पर्धामा निम्स ‘ए’ ४–३ ले विजयी भयो ।
स्टाफतर्फ सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा काष्ठमण्डपले इन्साइट भिजन तथा महामञ्जुश्रीले निम्स विरुद्ध खेल्ने छन् । स्टाफको विधा पहिलो पटक राखिएको हो । विजेताले १० हजार र उपविजेताले ५ हजार नगद पुरस्कार पाउने छन् । प्रतियोगिता आइतबार सम्पन्न हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु