दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ओलम्पिक दिवसमा जुडोको प्रभातफेरी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ असार ८ गते, बुधबार १९:३८

ओलम्पिक दिवसमा जुडोको प्रभातफेरी
ओलम्पिक दिवसका अवसरमा नेपाल जुडो संघले बुधबार प्रभातफेरी कार्यक्रम आयोजना ग¥यो । नयाँबजारको खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी) बाट सुरु भएको प्रभातफेरी विभिन्न भागको परिक्रममा गरी पुनः एमएमएसीमै आएर टुंगिएको थियो ।
प्रभातफेरीमा नेपाल जुडो संघका पदाधिकारी, ओलम्पियन, खेलाडी, प्रशिक्षकलगायतको सहभागिता थियो ।
सोही अवसरमा नेपाल जुडो संघका उपाध्यक्ष बाबुराजा महर्जनलाई ललितपुरको महालक्ष्मी नगरपालिका वडा ७ को अध्यक्षमा निर्वाचित भएको सम्मान गरिएको थियो ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, एनओसीअन्तर्गत स्पोर्ट्स फर अल कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठ, नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य, पदाधिकारी, खेलाडी, प्रशिक्षकलगायतले महर्जनलाई सम्मान गर्नुका साथै बधाइ दिएका थिए ।
ओलम्पिक दिवसकै अवसरमा पूर्व मेचीदेखि सुदूरपश्चिमसम्म विभिन्न जिल्ला, डोजो, विभागीय क्लबमा गरी २२ कार्यक्रम आयोजना गरेको अध्यक्ष वज्राचार्यले जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु