दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

शरद चन्द शाहको फोटो प्रदर्शनी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ असार ९ गते, बिहीबार १८:३७

नेपाली खेलकुदका ईतिहास शरद चन्द शाहको आज बिहिबार राजधानीको नक्सालस्थित नाफा आर्ट ग्यालरीमा फोटो प्रदर्शनी भएको छ ।
ओलम्पिक डे का अवसरमा शरद चन्द शाह प्रतिष्ठान र स्पोर्टस् फर अलले संयुक्त रुपमा पूर्व ओलम्पिक अध्यक्ष एवं राखेपका सदस्य सचिव स्वर्गिय शाहले नेपाली खेलकुदलाई उचाईमा पु¥याउन गर्नु भएको योगदानको सम्झना गर्दै विविध पक्षलाई समेटेर फोटो प्रदर्शनी गरेको हो ।
प्रदर्शनीको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले एक कार्यक्रमविच नेपालको झण्डोत्तोलनका साथै रिवन काटेर उद्घाटन गरे । कार्यक्रममा बोल्दै सदस्य सचिव घिसिङले नेपाली खेलकुदलाई उचाईमा पु¥याउन सफल भएकोमा पूर्व सदस्य सचिव शरद चन्द्र शाह प्रति विशेष सम्मान र श्रद्धा ब्यक्त गर्दै हार्दिक श्रद्धान्जली ब्यक्त गरे । अहिले सम्म भएका सदस्य सचिवहरु मध्ये ऐतिहासिक कार्य गर्न सफल शाह आफ्नो पनि प्रेरणको श्रोत रहको भन्दै कसैको अवमुल्यन नभई पूर्व नेतृत्वले गरेका कामहरुलाई निरन्तरता प्रदान गर्ने र अपुग भएका कामलाई पूर्णता प्रदान गर्ने तर्फ पहल गर्नु पर्नेमा जोड दिए । शाहको फोटो प्रदर्शनले हिजोका दिनमा भएका कार्यहरुबाट नयाँ सोचको विकास गर्न मद्धत पुगेको उनले बताए । सदस्य सचिव घिसिङले खेलकुद सवैको साझा भएकाले यहाँ कुनै राजनैतिक स्वार्थ हुनु नहुने बताए । खेलकुद मात्र एक त्यस्तै क्षेत्रहो जसले सवैलाई एकै ठाउँमा बाँध्न सक्ने र विश्वमा नेपाल र नेपालीलाई पहिचान गराउन सक्ने भन्दै नेपाली खेलकुदको विकासमा प्रतिष्ठान संग हातेमालो गरेर अगाडी बढ्न सँधै तत्पर रहेको बताए । प्रदर्शनी पाँच दिन सम्म संचालन हुने कार्यक्रम रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु