दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अनिसा र मिलनको एकल अग्रता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ असार ९ गते, बिहीबार १८:४२

अनिसा र मिलनको एकल अग्रता
भारतमा आयोजना हुने ४४ औ चेस ओलम्पियाड छनोटमा अनिसा न्यौपाने र मिलन लामाले एकल अग्रता कायम गरेका छन् । अनिसाले चार चरणसम्म सत प्रतिसत जित हात पारेकी छन् । तेस्रो चरणमा अनिसाले बिनिता कपालीलाई हराएकी उनले चौथो चरणमा लक्ष्मी कणेललाई पराजित गरिन् ।
खुला तर्फ मिलनले ३.५ अंकसहित अग्रता कायम गरेका छन् । मिलनले चौथो चरणमा मनीस हमाललाई हराए । ३ अंक सहित सुरबीर लामाले मिलनलाई पछ्याइरहेका छन् । क्षितिज भण्डारी र रुपेस जयसवालको २.५ अंक छ । चौथो चरणको खेलमा सुरबीरले निकेन कुसाथालाई हराए । चौथो चरणमा नै रुपेस र क्षितिज विच बराबरी भएको हो ।
महिला तर्फ कृत्तीसरा अधिकारी र बिनिता कपालीले ३ अंक सहित अनिसालाई पछ्याइ रहेका छन् । चौथो चरणमा विनिताले पूर्णीमा गुरुङ तथा कृत्तसराले पूजा भण्डारीलाई हराए । यसैगरी शान्ती धिमालको २.५ अंक छ ।


काठमाडौँको होटेल केसु होममा जारी छनोटमा पुरुष तर्फ १० तथा महिला तर्फ १२ खेलाडी सहभागी छन् । पुरुष तर्फ वर्तमान राष्ट्रिय च्याम्पियन पुरुषोत्तम चौलागाइ र शीर्ष वरियताका विवेक थीङ स्वतः ः छनोट भएका छन् । थप तीन जना खेलाडी जारी छनोट प्रतियोगिताबाट छानिने छन् । यसै गरी महिला तर्फ वर्तमान राष्ट्रिय च्याम्पियन तथा शीर्ष बरीयताकी सुजना लोहनी छनोट भइसकेकी छिन् । थप चार जना खेलाडी यसै प्रतियोगिताबाट छनोट हुने छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु