तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नेकपा ( माओवादी केन्द्र)बागमती प्रदेश सम्पर्क समन्वय समितिको बैठक ठुलो बाबू श्रेष्ठ को अध्य्क्षतामा विभिन्न निर्णय गर्दै सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ असार १० गते, शुक्रबार २१:४१

नेकपा ( माओवादी केन्द्र)बागमती प्रदेश सम्पर्क समन्वय समितिको बैठक ठुलो बाबू श्रेष्ठ को अध्य्क्षतामा विभिन्न निर्णय गर्दै सम्पन्न
काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ को समिक्षा सहित नेकपा ( माओवादी केन्द्र)बागमती प्रदेश सम्पर्क समन्वय समितिको बैठक ठुलो बाबू श्रेष्ठ को अध्य्क्षतामा विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।
बैठक नेकपा (माओवादी केन्द्र )स्थायी समिति सदस्य तथा सम्पर्क समन्वय समिती बिशेष प्रदेश ईन्चार्ज डिलाराम आचार्य को प्रमुख आतिथ्य , माओवादी केन्द्रीय सदस्य कमला दोङ , सम्पर्क समन्वय समिति बिशेष प्रदेश का अध्यक्ष श्री कृष्ण अधिकारी (बिबेक) को आतिथ्य मा सम्पन्न भयो ।
बैठक ले माओवादी केन्द्र को केन्द्रीय कार्यलय बैठक ले गरेको निर्णय लाई कार्यन्वयन गराउन तल्लो समिति सम्म लाई निर्देशन दिएको थियो ।
बैठक मा अध्यक्ष ठुलोबाबु श्रेष्ठ द्वारा प्रस्तुत परिपत्र तथा प्रस्ताव माथी छलफल गरिएको थियो ।
सम्पर्क समन्वय समिति बागमती प्रदेश अन्तर्गत रहेका १० वटा जिल्ला अध्यक्ष तथा ईन्चार्ज वा प्रतिनिधि हरुले स्थानीय निर्वाचन मा सम्पर्क समन्वय समिति को भुमिका बारे रिपोर्टिङ गर्नु भएको थियो ।
कार्यक्रम मा बोल्दै सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्ष जयराम आचार्य ले अन्तर्राष्ट्रिय तहको माफिया र नेपाली मिडियाको साँठ गाँठले आम मतदाता को धार परिवर्तन गरेको तथ्य आफू सँग रहेको ले यसमा पार्टी गम्भीर हुन ध्यानाकर्षण गराउनु भएको थियो ।
रिपोर्टिङ राख्दै जिल्ला का प्रतिनिधिहरुले सम्पर्क समन्वय समितिलाई भुगोल पार्टी ले टुरिष्ट को रुपमा व्यवहार गरेको भन्दै आलोचना गर्नु भएको थियो ।
तल्लो समिति बाट उठेका विभिन्न सवालहरु लाई बैठक का अतिथि तथा प्रमुख अतिथी हरुले सम्बोधन गर्नु भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु