दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मेकअप दुनियाँमा फेसियल हाउसको फरक काम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ असार १४ गते, मंगलवार १८:३१

काठमाडौ । सौन्दर्य क्षेत्रको अग्रणी व्यापारिक प्रतिष्ठान ब्यूटीसियन तथा हेयर डिज़ाइनरलाई हेयर स्टाईल सम्बन्धी एडभान्स सिप उपलब्ध गराउने प्रख्यात “नेपाल्सनम्बर वान ब्युटी सैलुन फेसियल हाउसले आफ्नो ब्यवसाय संगसंगै सामाजिक उत्तरदायित्व र सांस्कृतिक संरक्षणलाई विशेष प्राथमिकता राख्ने गरेको फेसियल हाउसका प्रबन्धक तथा बरिष्ठ सौंन्दर्यविद शुष्मा महराले बताएकी छन् ।

नेपाली पर्व अनुसारको मेकअप ड्रेसका साथ फोटो सुट गर्ने र त्यस पर्वको दिन त्यस भेषभुषालाई प्रवद्र्वन गर्ने उदेश्य रहेको उनले बताए ।त्यसैअनुरुप असार १५ अर्थात रोपाई पर्वलाई लक्षित गरेर फसियल हाउसले रोपाई फोटो सुट गर्न समेत गरेको छ ।

त्यसो त फेसियल हाउस नेपालकै उत्कृष्ट सैलुन मध्य नंम्वर १ मा पर्ने सैलुन हो । सुन्धारा स्थित मुख्य शाखाले एकैपटक ८० जना भन्दा बढि सेवागा्रहीलाई उत्कृष्ट सर्भिस दिन सक्ने महरा बताउनु हुन्छ ।
यसले अर्थतन्त्र बिकासमा नयाँ आयाम पनि थपेको छ । महराले आफुमा भएको व्युटि सम्बन्धीको ज्ञान आफुमा मात्र सिमित नराखि फेसियल हाउस मार्फत थुप्रै इच्छुक मानिसमा तालिम पनि दिने गरेकी छन् ।फेसियल हाउसले हेयर,फेस सम्बन्धी समस्या, मेकअप माइक्रोब्लेडिङ,हेयर एक्सटेन्सन जस्ता थुपै सेवा दिदै आएको छ ।

यी र यस्ता सेवा लिनको लागि कुनै झन्झट व्यहोर्न नपर्ने साथै यी सेवा रिजनेबल प्राइजमा उपलब्ध भएकाले फेसियल हाउसले आफ्नो अलग स्थान बनाएको छ । फेसियल हाउसले काठमाडौंको काठमाडौं मल,सिटिसि मल,चावाहिल पोखराको पोखरा ट्रेडमल र सुर्खेतको न्युरोड बाट सेवा दिदै आएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु