तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

प्रहरी र एपीएफको विजयी सुरुआत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ असार १४ गते, मंगलवार २०:२२

काठमाडौ ।दुई विभागीय टोली नेपाल प्रहरी क्लब र नेपाल एपीएफ क्लबले बाग्मती प्रदेश न्यु डायमन्ड कप खुला महिला भलिबल प्रतियोगितामा मंगलबार विजयी सुरुआत गरेका छन् ।
बाग्मती प्रदेश खेलकुद विकास परिषद् तथा न्यु डायमन्ड स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा भइरहेको प्रतियोगितामा प्रहरीले न्यु डायमन्डलाई २५–१६, २५–१५ र २५–१५ को सोझो सेटमा पराजित ग¥यो ।
कीर्तिपुरस्थित कभर्डहलमा एपीएफले काठमाडौंको परोपकार आदर्श माविलाई सीधा सेटमा २५–११, २५–४ र २५–३ ले हरायो ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्की सदस्य चन्द्र बदना राई र बाग्मती प्रदेश खेलकुद विकास परिषद्का सदस्य हिक्मत थपलियाले एक कार्यक्रमबीच संयुक्त उद्घाटन गरे । शीर्ष चार स्थान हात पर्ने टिमले क्रमशः ५ लाख, २ लाख ५० हजार, १ लाख २५ हजार र ७५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार नगदबाट पुरस्कृत गरिने छ । विधागत ५ उत्कृष्ट खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजार नगद पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगिताअन्तर्गत बुधबार प्रहरी र परोपकार तथा न्यु डायमन्ड र एपीएफबीच प्रतिस्पर्धा हुनेछ । असार १८ गतेसम्म चल्ने प्रतियोगितामा ४ टिम सहभागी छन् । सहभागी टिमबीच पहिले राउन्ड रोविन लिगका आधारमा खेल हुनेछ । शीर्ष दुई स्थानमा रहने टिमले उपाधिका लागि पुनः भिड्ने छन् । तेश्रो र चौथोले तेश्रो स्थानका लागि प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु