
काठमाडौ । चिकेन स्टेसनका कर्पोरेट एक्जुकेटिभ सेफ कुमार चालिसे सम्मानित भएका छन् ।
एस.एस हस्पिटालिटी सोलुसन प्रा.लि को तेश्रो बार्षिकोत्सबको अवसरमा नेपाल पर्यटन बोर्डमा बुधबार आयोजना गरिएको बिशेष कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले चालिसेलाई सम्मान गर्नुभएको हो ।
सम्मानित चालिसे बिगत लामो समयदेखि स्वदेश तथा बिदेशी गरी दर्जनौ विभिन्न होटल,रेस्टुरेँण्ट एवम् शैक्षिक प्रतिष्ठान काम गरेर अनुभव हासिल गरेका छन। खानाको अन्वेषण,खाना सम्बन्धी लेख रचना साथै पाकशिक्षा एवम् प्रशिक्षण कार्यमा उनी सकृय छन्
सम्मानित भए पछि चालिसेले खुसि ब्यक्त गर्दै आफुलाई लायक सम्झेर सम्मान गरेको मा एस.एस हस्पिटालिटी सोलुसन प्रालिको अध्यक्ष नरेन्द्र प्रसाद अधिकारी लाई धन्यबाद दिदै हस्पिलिटी तथा सामाजिक क्षेत्रमा अझै क्रियाशील हुन र काम गर्न यो सम्मानले प्रेरणा मिलेको बताउनुभयो।


