
काठमाडौ । विश्व बौद्ध धर्म संघकी संस्थापक अध्यक्ष, सर्वश्री आनी भिमसुवा गुरुङ धर्मसेवी विशेष सम्मान–२०७९ द्वारा सम्मानित हुनुभएको छ ।
एस.एस हस्पिटालिटी सोलुसन प्रा.लि को तेश्रो बार्षिकोत्सबको अवसरमा नेपाल पर्यटन बोर्डमा बुधबार आयोजना गरिएको बिशेष कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले गुरूङलाई सम्मान गर्नुभएको हो ।

सम्मानित सर्वश्री आनी भिमसुवा गुरुङ विगत लामो समयदेखि अत्यन्त निष्ठा र समर्पणका साथ धार्मिक तथा सामाजिक क्षेत्रमा सक्रिय रहनु भएका गुरु रिम्पोछे ट्रस्ट र विश्व बौैद्ध धर्मसंघकी अध्यक्ष लगायत बिभिन्न सामाजिक संघ–संस्थाहरुमा आवद्ध भई सामाजिक सेवा मार्फत राष्ट्र निर्माण तथा कोरोनाको समयमा समेत महत्वपूर्ण टेवा पु¥याउदै आउनु भएको थियो ।

सम्मानित भए पछि गुरूङले खुसि ब्यक्त गर्दै आफुलाई लायक सम्झेर सम्मान गरेको मा एस.एस हस्पिटालिटी सोलुसन प्रालिको अध्यक्ष नरेन्द्र प्रसाद अधिकारी लाई धन्यबाद दिदै सामाजिक क्षेत्रमा अझै क्रियाशील हुन र काम गर्न यो सम्मानले प्रेरणा मिलेको बताउनुभयो।


