
काठमाडौ । डि बि फ्रुडस प्रा.लि.को संचालक सामाजिक अभियान्ता दिपक राज खड्का सम्मानित भएका छन् ।
एस.एस हस्पिटालिटी सोलुसन प्रा.लि को तेश्रो बार्षिकोत्सबको अवसरमा नेपाल पर्यटन बोर्डमा बुधबार आयोजना गरिएको बिशेष कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले खड्कालाई सम्मान गर्नुभएको हो ।
सम्मानित भए पछि खड्काले खुसि ब्यक्त गर्दै आफुलाई लायक सम्झेर सम्मान गरेको मा एस.एस हस्पिटालिटी सोलुसन प्रालिको अध्यक्ष नरेन्द्र प्रसाद अधिकारी लाई धन्यबाद दिदै सामाजिक क्षेत्रमा अझै क्रियाशील हुन र काम गर्न यो सम्मानले प्रेरणा मिलेको बताउनुभयो।


