दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक सोमबार बिहान ११ बजे बस्ने गरी स्थगित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ असार १९ गते, आईतवार २०:१०

१९ असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।

कमलादीस्थित प्रज्ञा भवनमा आइतवारदेखि शुरु भएको बैठक केहीबेर बसेर सोमबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको हो ।

आइतवारको बैठकको शुरुमै प्रदेश कमिटीका अध्यक्षहरूले रिपोर्टिङ गरेका थिए । रिपोर्टिङका क्रममा उनीहरूले स्थायी कमिटी, पोलिटब्यूरो तथा पदाधिकारी चयनको प्रस्ताव राख्न माग गरेका थिए । त्यसपछि बैठकमा उक्त विषयलाई पनि लिखित प्रस्तावका रूपमा अघि सारिएको छ ।

पहिलो दिनको बैठकमा माओवादी केन्द्रले पार्टीभित्रैबाट भएको अन्तर्घात र गठबन्धनका कारण लक्ष्यअनुसार नतिजा आउन नसकेको निष्कर्ष निकालेको छ । गठबन्धनमा नेपाली काँग्रेस इमान्दार नहुँदा नतिजा प्रभावित भएको माओवादीको निष्कर्ष छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि नौवटा एजेण्डा प्रस्तुत गरेका छन् । माओवादी केन्द्रका अनुसार बैठक तीन दिन चल्नेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु