दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

रामेछाप बस दुर्घटना : मृतकको संख्या १३ पुग्यो, ३ जनालाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ असार २१ गते, मंगलवार १५:१७

काठमाडौं, असार २१ । रामेछापका सुनापती गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ। ९ जनाको घटनास्थलमै र ४ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भिर घाइते भएका चार जनाको धुलीखेल अस्पतालमा मृत्यु भएको हो । मृत्यु हुनेमा ठुला तामाङ, विपना तामाङ, कमल तामाङ, सुदीप गजमेर, सुभलक्ष्मी मानन्धर र कुलबहादुर बिक रहेका छन् ।

दुर्घटनामा घाइते भएका २१ जनाको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ। ३ जना गम्भिर घाइतेलाई भने हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।

हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बा.३ ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा १० जनाको घटनास्थलमा मृत्यु भएको रामेछापकी सहायक प्रमुख जिल्ला अधिकारी गिता गुरुङका रिपोर्टर्स नेपाललाई बताइन् । तिब्रगतिका कारण बस दुर्घटनामा परेको आशंका गरिएको छ ।

२७ जना यात्रु सवार बस सडकबाट झन्डै तीन सय मिटर तल खोल्सामा खसेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु