दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ऋत प्रिक्वाटरफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ असार २१ गते, मंगलवार २०:१७

काठमाडौं, असार २१ गते ।आयोजक ऋत एकेडेमी ऋत एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजमा मंगलबार प्रिकवाटरफाइनलमा प्रवेश गरेको छ ।
बसुन्धारास्थित घरेलु कोर्टमा ऋतले ब्ल्याक रिबनलाई ८–५ ले पराजित ग¥यो । ब्वाइजमै एन्जल्स हार्ट ‘ए’ ले सिनर्जीलाई ७–२, इन्साइट भिजन ‘ए’ ले बलर्स एकेडेमीलाई ७–५ र बुद्ध नेसनल एकेडेमीले विद्या व्यायामलाई ७–३ ले हराउदै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
ब्वाइजकै अन्य खेलमा सफलता हात पार्दै एनसीसीएस, नखिपोट, स्किब्स, एन्जल्स हार्ट ‘बी’, न्यु मिलिनियम, त्रिकोण, हिमरश्मी, न्यु जेनिथ ‘ए’ र ‘बी’, विस्ट, ग्रिओन टिम र इन्साइट भिजन ‘बी’ ले पनि प्रिक्वाटरफाइनलमा स्थान बनाए ।
प्रतियोगिताको ऋत एकेडेमीका प्रिन्सिपल आनन्दकुमार यादवले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगिताको ब्वाइजमा ८० र गल्र्समा १६ गरी ९६ टिमको सहभागिता रहेको ऋत एकेडेमीका प्रमुख कार्यकारी अधिकृत सिद्धार्थ लामाले जनाएका छन् । गल्र्सको प्रतिस्पर्धा बुधबारदेखि हुनेछ ।
ब्वाइज÷गल्र्स दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ७ हजार, ५ हजार र ३ हजार ५ सय नगद पुरस्कार पाउने छन् । ब्वाइज÷गल्र्स दुवैमा शीर्ष तीन स्थान हात पर्ने प्रत्येक टोलीका खेलाडीलाई ऋतमा प्लस २ अध्ययनका लागि ३० प्रतिशत छात्रवृत्ति पनि प्रदान गरिने छ । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई समेत सोही अनुसारको छात्रवृत्ति उपलब्ध गराइने आयोजकले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु