तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

विश्व ब्याडमिन्टन दिवसमा राष्ट्रपति भण्डारीसँग साक्षात्कार

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ असार २१ गते, मंगलवार २१:०८

विश्व ब्याडमिन्टन दिवसमा राष्ट्रपति भण्डारीसँग साक्षात्कार
राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व ब्याडमिन्टन दिवसको अवसरमा बधाई तथा शुभकामाना व्यक्त गर्नुभएको छ । नेपाल ब्याडमिन्टन संघ, काठमाडौं जिल्ला ब्याडमिन्टन संघ र काठमाडौं ब्याडमिन्टन एकेडेमीका पदाधिकारी र खेलाडीसँग मंगलबार राष्ट्रपति कार्यलयमा साक्षात्कार गर्दै राष्ट्रपति भण्डारीले ब्याडमिन्टन खेलमा नेपाली खेलाडीले प्राप्त गरेको उपलब्धिको प्रशंसा पनि गर्नुभयो ।
राष्ट्रपति भण्डारीले एकेडेमीका साना बालबालिकालाई भेट्न पाउँदा खुशी लागेको बताउँदै बालबालिकालाई भविष्यमा ब्याडमिन्टन खेलमा राम्रो गरेर देशको प्रतिष्ठा उचो बनाउन प्रेरणा समेत दिनुभयो । कार्यक्रममा काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दीपक थापाले नेपालमा ब्याडमिन्टन खेलको अवस्था र हालसम्मका उपलब्धी बारे जानकारी गराउनुभएको थियो । उहाँले देशको अभिभावक राष्ट्रपतिसँग विश्व ब्याडमिन्टन दिवस मनाउन पाउनु ऐतिहासिक क्षण भएको बताउनुभयो ।
राष्ट्रपति भण्डारीले ब्याडमिन्टन खेलको भौतिक पूर्वाधार निर्माण र विद्यालय स्तरमा लैजान आफूले सहजीकरण गर्ने बताउनुभयो । कार्यक्रममा राष्ट्रपति भण्डारीलाई संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, एकेडेमीकी अध्यक्ष रिता विष्टलगायत पदाधिकारीले मायाको चिनो प्रदान गर्नुभएको थियो ।
नेपालमा वि. सं. २००४ सालदेखि ब्याडमिन्टन खेल्न थालिए पनि संघको विधिवत स्थापना भने २००८ सालमा भएको थियो । हरेक वर्ष जुलाई ५ तारिखलाई विश्व ब्याडमिन्टन दिवसको रुपमा मनाइन्छ । विश्व ब्याडमिन्टन महासंघमा आवद्ध विश्वका एक सय ९८ देशमा मंगलबार ब्याडमिन्टन दिवस मनाइएको ब्याडमिन्टन संघले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु