दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चलचित्र ‘टुल्की’ पहिलो पटक मलेसियामा विषेश प्रदर्शनी हुदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ असार २२ गते, बुधबार १५:४३

काठमाडौ ।गैरआवासीय नेपाली संघ एनआरएनए मलेसियाले मलेसियामा भइरहेको समस्या तथा समसामायीक विषयमा छलफल गर्न बृहत अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । एनआरएनए एनसिसि मलेसियाको कार्यालय, कोतरायमा हुने कार्यक्रममा मलेसियाका लागि नेपाली कार्यवाहक राजदूत मोतीबहादुर श्रीष, दुतावासका अधिकारी मलेसियामा रहेका विभिन्न संघ सँस्थाका पदाधिकारी, नेपाल बाट आएका पत्रकार तथा मलेसियामा रहेका विविध संघ सँस्थाका प्रतिनिधिहरुको सहभागिता रहने बताइएको छ।

कार्यक्रम आउँदो शनिबार दिनको १ बजे आयोजना गरिएको एनआरएनए एनसिसि मलेसियाका उपाध्यक्ष हेमराज सापकोटाले बताए । पछिल्लो समयमा मलेसियामा नेपालीहरुका समस्या तथा समसामायीक विषयमा छलफल गर्न आवश्यक रहेको भन्दै उक्त कार्यक्रमको आयोजना गरिएको एनआरएनए मलेसियाका अध्यक्ष बिनोद थापाले बताए । थापाले कार्यक्रममा उपस्थितीको लागी मलेसियामा रहेका नेपालीलाई आग्रह गरे । कार्यक्रममा नेपालबाट आएका बिभिन्न संचारमाध्यमका पत्रकारहरु जनसवाल रास्ट्रीय दैनिकका संपादक रामजी बगाले,ब्रेकलिंक्सका पत्रकार डिल्ली पान्डे ,प्रदेश अनलाईनखबर र एसियन खबरका पत्रकार सेखर लामा,रोजगारमंचका पत्रकार फडिन्द्र दाहाल ,नेपाली राजदुताबासका पदाधिकारी ,एनआरएनए एनसिसि मलेसियाका पदाधिकारी र मलेसियामा रहेका बिभिन्न संघ सँस्थाका प्रतिनिधिको उपास्थिती रहने एनआरएनए मलेसियाले जनाएकाे छ । मलेसियाको राेजगारी, संभावना र चुनाैती विषयक अन्तरक्रिया कार्यक्रममा सहभागिताको लागी एनआरएनए मलेसियाले हार्दिक अनुरोध गरेको छ । त्यसै गरी उक्त कार्यक्रम सकिएपछि बहुपति प्रर्थामा आधारीत नेपाली चलचित्र ‘टुल्की’को समेत विशेष प्रदर्शनी हुनेछ । चलचित्र ‘टुल्की’ पहिलो पटक मलेसियामा विषेश प्रदर्शनी हुन लागेको निर्माता एबं पत्रकार शेखर लामाले बताए। नेपालको डोल्पामा छायाकंन गरिएको ‘टुल्की’ बहुपति प्रर्थाको पहिलो नेपाली चलचित्र हो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु