तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

पदक विजेता सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ असार २५ गते, शनिबार १६:५५

काठमाडौँ, असार २५ गते । जैशिदेवल युथ क्लबले शनिबार पदक विजेता आप्mना खेलाडी तथा प्रशिक्षकलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।
जैशिदेवल युथ क्लबअन्तर्गतको जैशिदेवल तेक्वान्दो डोजाङले गत हप्ता भारतको आसाममा भएको इन्डिया ओपन कुकिवन डिस्प्याच अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता तथा काठमाडौँमा भएको प्रथम उपत्काव्यापी तेक्वान्दो प्रतियोगितामा पदक विजेता खेलाडीहरुलाई सम्मान गरेको हो । प्रदेश सांसद विराजभक्त श्रेष्ठ तथा जैशिदेवल युथ क्लबका अध्यक्ष राजेश प्रजापतिले विजेता खेलाडीहरुलाई ‘स्पोर्ट्स सुज’ र जनही एक हजार रुपियाँले पुरस्वृmत गर्नुभयो ।
आसाममा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधत्व गरी सहभागी जैशिदेवल तेक्वान्दो डोजाङका एघारै खेलाडीले पदक जितेका थिए । सो प्रतियोगितामा मुविक्क्षा गजुरेलले सब जुनियर क्याटागोरीको ग्योरोगीतर्फ स्वर्ण र पुम्सेतर्फ काँस्य तथा रोजन प्रजापतिले क्याडेट क्याटागोरीको ग्योरोगीतर्फ रजत र पुम्से तर्फ काँस्यसहित दोहोरो पदक जित्नुभएको थियो । आस्ना राना मगर र झरना थापा मगरले पनि स्वर्ण पदक हात पार्नुभयो । यसैगरी सोनी बानियाँ, राजीव गुरुङ, समर्थध्वज जोशीले रजत पदक तथा सुरेश हाङ लिम्बु, सन्देश राई, राहुल लिम्बु र समर लामाले काँस्य पदक जित्नुभएको थियो । यसैगरी, उपत्यकाव्यापी तेक्वान्दोमा जैशिदेवल डोजाङले तीन पदक जितेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु