साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा नव वर्ष २०८२ को उपलक्ष्यमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्ननयाँबसपार्क बचत तथा ऋण सहकारी संस्थाको १४ औँ साधारणसभा तथा अधिवेशन सम्पन्नउत्पादनमा जोड्न महिलालाई बाख्राका पाठी र बोका वितरणचार स्थानीय तहद्वारा नगरकोट भ्रमण वर्ष आयोजना, ११ लाख पर्यटक भित्र्याउने लक्ष्यगायिका देविका बन्दनालाई सम्मान ।। क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम ।।माटोको सुगन्ध लोकार्पण ।। मनमुटु र देशप्रेमले भरिएको सांगीतिक सिर्जना ।।उज्यालो टाईम्सद्वारा नववर्ष २०८२ को शुभकामना सहित भित्तेपात्रो (क्यालेण्डर) बिमोचनयुगिन कलाकार तथा निर्देशक पवन जोशीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड ।। नेवाः साधना कला केन्द्रको गौरबमय सम्मान ।।।बैरो संघको अध्यक्षमा गुरुङ,प्रथम उपाध्यक्षमा श्रेष्ठ, महासचिवमा बस्नेत र कोसाध्यक्षमा सिन्जाली विजयी,सबैसङ्ग सहकार्य गरेर अगाडी बढने गुरुङको घोषणा१९ मा हिमाल र इभाना च्याम्पियन

नागरिक समाज सम्बन्धि चेतना बढाउन भिडियो प्रतियोगिता सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन ८ गते, सोमबार १०:१५

नागरिक समाजको योगदानलाई प्रत्साहन गर्ने तथा थप प्रभावकारी उद्देश्यले ‘इन्टरफेस, नेपाल – अधिकारका लागि सञ्चार’ ले आयोजना गरेको ‘# नागरिकसमाज भिडियो प्रतियोगिता २०७५’ सम्पन्न भएको छ ।

सोमबार आयोजित कार्यक्रममा रामदत्त मिश्रको दार्चुला तुईन प्रथम, बालकृष्ण अधिकारीको बालविवाह द्धितिय र सुन्दर शिल्पकारको सुभद्रा फाउण्डेसन शिर्शकको भिडियो तृतिय भएको छ । विजेतालाई प्रमाणपत्र र ट्रफिसँगै क्रमशः ५० हजार, ३० हजार र २० हजार प्रदान गरिएको छ । त्यसैगरी स्पेशल मेन्सनमा अस्मिता रिजालले उत्पादन गरेको सेतु बन्दै चित्रकला शिर्शकको भिडियो पर्न सफल भएको छ ।
प्रतियोगितामा देशको पूर्वदेखि सुदुरपश्चिम दार्चुलासम्मका ३४ भिडियोहरु सहभागि थिए । प्रतियोगिताको निर्णायक मण्डलमा बन्दना राणा, डा. राजेश अहिराज र विनोद ढुङ्गेल हुनुहुन्थ्यो ।

नागरिक समाजको तहबाट (व्यक्तिगत, समुदाय वा संस्थागत) योगदानको कदर गर्दै र आगामी दिनहरुमा समेत प्रोत्साहन मिलोस भन्ने उद्देश्यका साथ नागरिक समाज र नागरिक समाजले परिवर्तनका लागि गरेका सकारात्मक कामहरु समेटेर बनाइएका भिडियो रिपोर्ट, डकुमेन्ट्री र फिल्म विधाका ३ मीनेटसम्मका भिडियो प्रतियोगितामा सहभागी थिए । भिडियो बुझाउने अन्तिम मिति २०७५ असार ३२ गते तोकिएको थियो । प्रतियोगितामा प्रविधिको उच्चतम प्रयोग भन्दा पनि विषय र श्रृजनात्मक प्रस्तुतीलाई मुख्य आधार बनाइ मुल्याङ्कन गरिएको आयोजकले बताएको छ ।


देशमा पहिलो पटक जनताद्धारा निर्माण गरिएको संविधान र संघियता कार्यान्वयन हुँदै गर्दा र लोकतन्त्रको अभ्यासमा गर्दैगर्दा नागरिक समाजको उपस्थितीका बिषयमा जानकारी प्रदान गर्न प्रतियोगिता आह्वान गरिएको आयोजकले जनाएको छ ।
‘यो प्रतियोगिताले टेलिभिजनमा काम गर्ने पत्रकार, स्वतन्त्र फिल्म निर्मार्ता र अन्य श्रव्यदृष्य उत्पादनमा इच्छा राख्ने व्यक्तिहरुलाई नागरिक समाजका बारेमा बुझ्न प्रोत्साहित गर्छ’, आयोजक संस्थाका संस्थापक निर्देशक तथा पत्रकार दिलभूषण पाठकले बताए, ‘सधैँ नकारात्मक समाचार सामाग्री खोज्न भन्दा समाजका सकारात्मक एवं श्रृजनात्मक बिषयबस्तु उजागर गर्न सके त्यसले समाजमा सकारात्मक सोच पैदा गर्छ ।’
कार्यक्रममा बोल्दै राजनीतिक विश्लेषक बिष्णु सापकोटाले नागरिक समाज धेरै प्रयोग हुने गरेको भएपनि यसका बिषयमा छलफल हुन नसकेको बताउनुभयो । उहाँले नागरिक समाज आफैँमा बृहत भएपनि आफ्नो जवाफदेहिता प्रमाणित गर्ने र अरुको जवाफदेहिता खोज्ने व्यक्ति, समुह वा संस्था नै नागरिक समाज भएको बताउनुभयो ।


त्यसैगरी, सुशासन विज्ञ कृष्ण पाठकले समाजको हितमा काम गर्ने, सुचनाको विस्तार गर्ने, राम्रो कामको प्रसंशा तथा नराम्रो बिषयको सुधारका लागि प्रयत्न गर्ने सबै नागरिक समाज भएको बताउँदै नेपालमा नागरिक समाजको पुरानो इतिहास रहेको बताउनुभयो ।
कार्यक्रमको आयोजक तथा आम संचारका विभिन्न माध्यमहरु प्रयोग गरेर समाजमा सचेतना फैलाउँदै आएको इन्टरफेस नेपाल – अधिकारका लागि संचार १५ बर्ष पुरा गरी १६ औँ बर्षमा प्रवेश गरेको र यस संस्थाका संस्थापक अध्यक्ष तथा नेपाली पत्रकारिताका परिचित व्यक्ति दिलभूषण पाठकले आफ्नो पत्रकारिताको २५ बर्ष पुरा गरेको पनि आयोजक कार्यक्रमका बिच जानकारी दिएको छ । डिजिटल मिडिया, जनसम्पर्क र सञ्चार क्षेत्रमा कार्यरत सञ्चार परामर्शदाता संस्था इन्टरफेस, नेपाल विक्रम सम्वत २०७० सालमा स्थापना भएको हो ।

-शिब लामिछाने

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु