तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

वान फुटसल दोश्रो चरणमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ असार २८ गते, मंगलवार १९:३७

काठमाडौ ।ए वान फुटसल ‘ए’ प्रथम एन्जल्स एसइइ कप छात्र फुटसल प्रतियोगितामा मंगलबार दोश्रो चरणमा प्रवेश गरेको छ ।
एन्जल्स हार्ट कलेजको आयोजनामा भइरहेको प्रतियोगितामा ए वान फुटसल ‘ए’ ले एसएफसीलाई ५–० गोलले पराजित ग¥यो ।
मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीको ए वान फुटसलमा भएको अन्य खेलमा गैरीगाउँले एन्जल्स हार्टलाई १–०, जीवाइसीले अलुफ एफसीलाई ८–० र मनासलुले एमजेजेएसलाई ३–१ ले हराउदै दोश्रो चरणमा पुगे । यी खेल बाहेक लिग चरणका १० खेल पनि सम्पन्न भयो । ए वान फुटसलको ‘बी’ टिमले पनि दोश्रो चरणको यात्रा तय ग¥यो ।
प्रतियोगिताको तार्केश्वर नगरपालिका वडा ९ का अध्यक्ष श्यामकृष्ण महर्जनले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा एन्जल्स स्पोर्ट्स एकेडेमीका चेयरम्यान खिमबहादुर थापा, एन्जल्स हार्टका निर्देशक शैलेन्द्रमान वज्राचार्य, एन्जल्स हार्ट नेसनल स्कुलका प्रिन्सिपल टकबहादुर थापालगायतको उपस्थिति थियो ।
विजेताले ३० हजार र उपविजेताले २० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । साथै एन्जल्समा प्लस टु अध्ययन गर्न चाहेमा पहिलो हुनेलाई १०० प्रतिशत, दोश्रोलाई ७५ प्रतिशत र सहभागीलाई ३५ प्रतिशत छात्रवृत्ति पनि प्रदान गरी एन्जल्स हार्टका प्रिन्सिपल धनबहादुर पुनले जानकारी दिए । लिग कम नकआउट आधारमा भइरहेको प्रतियोगिता असार ३१ गतेसम्म चल्ने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु