दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मिस्टर एण्ड मिस एसईई २०२२ को उपाधि प्राप्ती र अनिमेशलाई

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ असार २९ गते, बुधबार ८:१०

काठमाण्डौं । फेशन ईराद्धारा आयोजित मिस्टर एण्ड मिस एसईई २०२२ को उपाधि प्राप्ती शिल्पकार र अनिमेश यादवले जितेका छन् । प्राप्तीले महिला स्पर्धामा उपाधि हात पार्दा अनिमेशले भने पुरुष बीचको स्पर्धामा सर्वोकृष्ट बन्दै विजेता घोषित भएका हुन् । प्राप्ती र अनिमेशले शिर्ष उपाधि जित्दा सारिका प्रजापती र धिरेन्द्र यादवले फस्र्ट रनर अपको उपाधि आत पारे । त्यस्तै प्रतियोगितामा सृजा नेपाल र केमोन मगर सेकेण्ड रनर अपको टाईटल जित्न सफल रहे ।

त्यसैगरि, मलिना दाहाल र सुजन गिरीले अर्गनाईजर च्वाईसको उपाधि प्राप्त गरे भने रोशनी खप्तरी मगरले ईन्टरनेशनल टिन अफ द ईयर, नेपाल २०२२, मलिना दाहालले मिस प्रि टिन ईन्टरनेशनल नेपाल, २०२२ को उपाधि हासिल गरे ।

प्रतियोगिता पश्चात् राज्य दैनिकसँग संक्षिप्त कुराकानी गर्दै आयोजक संस्था फेशन ईराका आनन्द सिंहले विजेताहरुले थाईल्याण्डमा हुने अन्तराष्टिय शोमा भाग लिन पाउने जानकारी दिए । प्रतियोगिताका शिर्ष विजेताहरुले नगद, फोटो शुट, भिडियो शुट, गिफ्ट हाम्पर र गिफ्ट भौचर सहित कुल १२ लाख बराबरको सुविधा प्राप्त गर्ने पनि उनले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु