दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

हेराल्ड बास्केटबलमा सय टिम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ असार २९ गते, बुधबार २१:१२

काठमाडौ ।हेराल्ड इन्टरनेसनल कलेजको आयोजनामा तेश्रो हेराल्ड एसइइ कप बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।
प्रतियोगिताको ब्वाइजमा ८४ तथा गल्र्समा १६ गरी १ सय टिमको सहभागिता रहने हेराल्डका अध्यक्ष नारायणप्रसाद उपाध्यायले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
दुवै समूहमा शीर्ष चार स्थानमा रहने टिमलाई क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्रदान गरिने छ । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई जनही १ हजार ५ सय नगदबाट पुरस्कृत गरिने छ ।
आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुनेछ । दुईदिने नकआउट प्रतियोगिता बसुन्धारास्थित आयोजककै कोर्टमा हुनेछ । पत्रकार सम्मेलनमा हेराल्डका एचआर डाइरेक्टर कपिल ज्ञवाली, सिफ्ट इन्चार्ज मदनप्रसाद फुयाँल र राजेश अर्याल, एकेडेमिक को–ओर्डिनेटर दिपेन्द्र पुडासैनी, हेराल्ड स्कुलका भाइस प्रिन्सिपल त्रिलोचन शर्मालगायतको उपस्थिति थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु