दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नमुनालाई उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ असार ३० गते, बिहीबार २०:४२

काठमाडौ ।नमुना फुटसलले प्रथम एन्जल्स एसइइ कप छात्र फुटसल प्रतियोगिताको उपाधि बिहीबार जितेको छ ।
एन्जल्स हार्ट कलेजद्वारा आयोजित प्रतियोगिताको फाइनलमा नमुनाले मनासलु वल्र्ड कलेजलाई ३–१ गोलले पराजित ग¥यो । विजयी टिमका लागि कविन्द्र तामाङले २ तथा समिर गुरुङले १ गोल गरे । मनासलुका कविर तामाङले सान्त्वना गोल गरे । उपाधिसंगै नमुनाले ३० हजार नगद पुरस्कार पायो भने मनासलुले २० हजार नगद पुरस्कार प्राप्त ग¥यो ।
मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीको ए वान फुटसलमा भएको प्रतियोगितामा मनासलुका विश्वास घले उत्कृष्ट खेलाडी घोषित भए । नमुनाका सञ्जय तामाङ उत्कृष्ट गोलरक्षक चुनिए ।
विजेतालाई केन्द्रीय प्याब्सनका उपाध्यक्ष थकिनकुमार गुरुङ, एन्जल्स हार्ट एडुकेसन फाउन्डेसनका अध्यक्ष लीलबहादुर पुन, एन्जल्स हार्टका प्रिन्सिपल धनबहादुर पुन, एन्जल्स हार्ट नेसनल स्कुलका प्रिन्सिपल टकबहादुर थापा, एन्जल्स स्पोर्ट्स एकेडेमीका अध्यक्ष खिम थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । लिग कम नकआउट आधारमा भएको प्रतियोगितामा ३० टिम सहभागी थिए ।
पहिलो हुनेलाई १०० प्रतिशत, दोश्रोलाई ७५ प्रतिशत र सहभागीलाई ३५ प्रतिशत प्लस २ अध्ययन गर्न छात्रवृत्ति प्रदान गर्ने आयोजकले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु