
काठमाडौ । तीज पर्व नजिकिँदै छ । युट्युब तीजगीतले नै भरिएका छन् । नयाँ र पुराना कलाकार म्युजिक भिडियो अपलोड गर्न तछाडमछाड गरिरहेका छन् ।यसै तीज पर्वलाई मध्यनजर गरेर राष्ट्रिय संगीतकर्मी संघको वरिस्ठ उपाध्यक्ष नेपाली लोक संगितको क्षेत्रमा बहुचर्चित नाम अर्थात रामेछापका प्रतिभावान कलाकार गायक प्रकाश कटुवालको नयाँ तीज गीत ‘घण्टा” ठोकी शिवजी ‘सार्वजनिक भएको छ।
सार्वजनिक गीतमा गायक कटुवाल र गायिका उमा श्रेष्ठको स्वर रहेको छ । गीतमा विनोद ढकालको शब्द सृर्जना एवम् गायक कटुवालकै लय रचना रहेको छ । गायक प्रकाशका यसअघिका‘चोर बिरालो,ढाडे बिरालो,छेकेन जामाले’‘सुन्दर रामेछाप’लगायतका गीत हिट छन् ।
भिडियोमा शंकर विसीको निर्देशन तथा कोरियोग्राफी रहेको छ । भने भिडियोमा ज्योती मगर र बुद्ध तामाङको अभिनय देख्न सकिन्छ । दुर्गा पौडेलले छांयाकन एवम् नविन घर्ति मगरले सम्पादन रहेको भिडियो प्रकाश कटुवालकै युटयुव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।


