दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

जन भावना बमोजिम काम गर्नुस: केन्द्रिय सदस्य आचार्य

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ श्रावण १ गते, आईतवार ८:३७

रसुवा, १ साउन। नेपाली कांग्रेसको केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य माननीय मोहन आचार्यले जन सरोकारका मुध्दालाई प्राथमिक्ता दिन रसुवाका स्थानिय जन प्रतिनिधिहरुलाई आग्रह गर्नु भएको छ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति रसुवाले स्थानीय तहको निर्वाचन- २०७९ मा विभिन्न पदमा निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान गर्न रसुवाको धुन्चेमा आयोजना गरेको कार्यक्रमा कांग्रेस केन्द्रिय सदस्य आचार्यले स्थानिय सरकार संग जनताका धैरै अपेक्षाहरु रहेको हुनाले गाँउको विकासलाई केन्द्र विन्दूमा राखेर स्थानिय सहभागितामै आयोजनाहरु अगाडी बढाउन जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो।
कार्यक्रममा पार्टीको जिल्ला सभापति पेम्बा छिरिङ तामाङ,बागमती प्रदेश सभा सदस्यद्वय प्रभात तामाङ र प्रेम तामाङ,लामा कार्पु तामाङ र उपेन्द्र लम्साल सहितका विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।
जनप्रतिनिधिहरुलाई बधाई पत्र प्रदान गरि आगामी पाँच बर्ष जनताको सेवामा कार्य गर्न समेत उहाँहरुले निर्देशन दिनुभयो।
कार्यक्रममा उपस्थित नेताहरुले आ -आफ्नो धारणा व्यक्त गर्दै स्थानिय निर्वाचनको समिक्षा तथा आगामी संघ र प्रदेशको निर्वाचन केन्द्रित रहेर सङ्गठन बिस्तारलाई तिब्रता दिनुपर्ने धारणा राख्नु भयो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु