दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

जनसमाजवादी पार्टी, नेपालको दोस्रो राष्ट्रिय सम्मेलन भोलिदेखि हुँदै, नेपाललाई विश्वकै शक्तिशाली मुलुक बनाउने लक्ष्य

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ श्रावण ३ गते, मंगलवार १५:५१

काठमाडौं, ३ साउन । जनसमाजवादी पार्टी,नेपालले भोलिदेखि ऐतिहासिक दोस्रो राष्ट्रिय सम्मेलन गर्दैछ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर साउन ४ र ५ गते हुने दोस्रो राष्ट्रिय सम्मेलनको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिइएको हो ।
भोलि बिहान १० बजेदेखि राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग, काठमाडौंमा दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन समारोह हुने पार्टीले जनाएको छ । र, भोलि नै बन्दसत्र शिखर पार्टी प्यालेस, कलंकी, काठमाडौंमा हुने भएको छ । राष्ट्रिय सम्मेलनमा प्रतिनिधि तथा पर्यवेक्षकहरु रहने जनाइएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष सुवासराज काफ्लेले भोलिदेखि सुरु हुने दोस्रो राष्ट्रिय सम्मेलनको सम्पुर्ण तयारी पुरा भएको जनाउँदै सम्मेलनमार्फत देशको अहिलेको समस्याको समाधान खोजिने स्पष्ट पारे ।
उनले विश्वमा नेपाल गरिब, अशिक्षित, अविकसित र पिछडिएको अवस्थामा चिनिएको उल्लेख गर्दै आफ्नो पार्टीको उद्देश्य भनेको नै नेपाललाई शक्तिशाली, समृद्ध, विकसित र वौद्धिक मुलुकको रुपमा चिनाउने रहेको सुनाए ।
उनले भने,‘अब यही हालतमा देशलाई छाडियो भने अब आउने सन्ततीले पनि यो देशको दुर्दशालाई भोग्नुपर्छ । अहिलेको विधिलाई अन्त्य गर्दै देशमा नयाँ पद्धती बसाउने र विश्वमा नेपाललाई शक्तिशाली मुलुकको रुपमा चिनाउने हाम्रो पार्टीको मुख्य लक्ष्य हो ।’ उनले देश बलियो बनाउने लगायतका विषयमा छलफल गर्न राष्ट्रिय सम्मेलनको आयोजना गर्न लागेको सुनाए । काफ्लेले पार्टीको दोस्रो सम्मेलन देशमा देखिएका ज्वलन्त समस्याको देशमुखी समाधान खोज्न सफल हुनेमा आफु विश्वस्त रहेको बताए ।
उनले आफ्नो पार्टीको नयाँ निर्वाचित हुने नेतृत्व देशको मात्र नभई विश्वकै नेतृत्व गर्न सफल हुनेमा आफु आशावादी रहेको बताए ।
पार्टीका उपाध्यक्ष हरिबहादुर बोहोराले पार्टीको प्रथम राष्ट्रिय सम्मेलनले ठूलो उपलब्धि हाँसिल गर्ने विश्वास दिलाए । उनले सत्तासिन राजनीतिक दलहरुले सत्ताको दुरुपयोग गरेको आरोप लगाए । बोहोराले भोलिदेखि हुने पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनमा सत्तामा बसेको राजनीतिक दलहरुले गरेको सत्ताको दुरुपयोग, स्थानीय चुनावमा गरेका क्रियाकलापको बारेमा छलफल गरिने पनि जनाए ।
उनले वर्तमान सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको पनि आरोप लगाए । उनले पुराना दलहरुको बिचमा नयाँ दलहरुलाई जनतामाझ जनवादी राज्यसत्ताको अभ्यासको रुपमा लिन खोजेको दाबी गरे । त्यसैको आधारमा आफ्नो पार्टीको राष्ट्रिय सम्मेलनमा सबै कुरा सार्वजनिक गर्ने र चुनावबारे रणनीति बनाएर अगाडी बढ्ने संकल्प गरिने पनि उनको भनाई छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु