तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

” एसोसिएसनको केन्द्रिय बैठकले आफ्ना सदस्यहरुलाई अनिवार्य लोगो प्रयोग गर्न आव्हान गर्ने निर्णय “

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ श्रावण ६ गते, शुक्रबार ५:२७

काठमाडौं । निजी डेरीको छाता संगठन नेपाल डेरी एसोसिएसनले राष्ट्रिय दुग्ध विकास बोर्डबाट प्रदान गर्दै आएको दूध तथा दुग्ध पदार्थ ढुवानी सवारी साधनमा प्रयोग गरिने लोगो लगाउन एसोसिएसनले आफ्ना देशै भरिका सदस्यहरुलाई अनिवार्य गर्ने निर्णय गरेको छ ।

एसोसिएसनको बैठकले आफ्ना सदस्यहरुको हितका लागि विपत व्यवस्थापन राहत कोष खडा गरेको छ । नेपाल डेरी एसोसिएसनको कार्यालयमा बसेको केन्द्रिय समितिको बैठक नेपाल डेरी एसोसिएसनमा आबद्ध सदस्यहरुलाई भैपरी आउने विपदमा सहयोग गर्न कोष खडा गरिएको अध्यक्ष प्रल्हाद दाहालले जानकारी दिए ।

केन्द्रिय समितिको बैठकले उक्त विपत व्यवस्थापन कोषका लागि छुट्टै विभाग समेत गठन गरेको छ । सोही दिन उक्त कोषमा रु तीन लाख रुपैँया जम्मा भएको अध्यक्ष दाहालले बताए ।

बैठकले ९ सदस्य सचिवालय एवं ५ सदस्य सल्लाहकार समिती गठन गरेको महासचिव हेमचन्द्र खनालले जानकारी दिए । बैठक अगाडि संस्थापक अध्यक्ष राजेन्द्र गोपाल श्रेष्ठको विशेष उपस्थितिमा पदस्थापना कार्यक्रम गरिएको थियो ।

बैठकले कार्य विभाजन अन्तर विभिन्न ८ वटा विभाग गठन गरेको छ भने प्राविधिक एवं विशेष योजनाका लागि एक विज्ञ नियुक्त गर्ने निर्णय गरेको छ ।

बैठकले ३ वर्षे कार्यकालको लागि कार्ययोजना तयार गरेको छ । एसोसिएसनले गर्ने हरेक बैठकमा आचार संहिता लागु गरि कार्यनयन गर्ने, आर्थिक स्रोत परिचालनको लागि एक उपसमिती निर्माण गर्ने, डेरी सम्बन्धि जानकारीका लागि वार्षिक रुपमा डेरी दर्पण र ६/६ महिनामा डेरी बुलेटिन प्रकाशित गर्ने लगायतका निर्णय गरेको अध्यक्ष दाहालले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु