दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आदिवासी जनजाति कर्मचारी संगठित, लिम्बूको नेतृत्वमा महासंघ गठन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ श्रावण ७ गते, शनिबार २०:४४

काठमाडौं । राष्ट्र सेवकको रुपमा कार्यरत आदिवासी जनजाति कर्मचारीहरु संगठित भएका छन् ।
काठमाडौंमा सम्पन्न भेलाले निजामती सेवाका सबै समूहका कर्मचारी सम्मिलित ‘नेपाल आदिवासी जनजाति कर्मचारी महासंघ’ गठन गरेको छ ।
दिलकुमार लिम्बूको अध्यक्षतामा गठित ३५ सदस्यीय कार्यसमितिमा सदन राई वरिष्ठ उपाध्यक्ष, आशिष चौधरी र अशलीमाया तामाङ उपाध्यक्ष तथा जितेन्द्र बलामी महासचिव रहेका छन् ।
त्यसैगरी, विष्णु चौधरी, यसी शेर्पा, डिलबहादुर तामाङ, रञ्जना मुखिया, पवन घर्तीमगर, रचना बुढाथोकी मगर र चक्रबहादुर घर्तीमगर सचिव चयन भएका छन् । त्यस्तै, विनुका शेर्पा कोषाध्यक्ष र युनिल राई सह–कोषाध्यक्ष चयन भएका छन् ।
भेलामार्फत सुजित चौधरी, विकाश श्रेष्ठ, नविद्र सुनुवार, फूलमाया लिम्बू, हेमराज पुन मगर, अनिल श्रेष्ठ, रमेश सुनुवार, भुवन लिम्बू, जितबहादुर रानामगर, सोनी तामाङ, कविता राई, सन्ध्या सुब्बा, निना राई र धर्मबहादुर थारु सदस्य चयन भएका छन् ।
भेलाले कृष्टि रोकमगरको संयोजगत्वमा तीन सदस्यीय विधान मस्यौदा समिति गठन गरेको छ । विजय मोक्तान र गौतम बुढामगर समितिका सदस्य रहेको छन् ।

हाल तदर्थ समितिको रुपमा गठन गरिएको महासंघले आगामी ६ महिना भित्र महाधिवेशन सम्पन्न गर्ने नवनिर्वाचित अध्यक्ष लिम्बूले जानकारी दिए ।अध्यक्ष लिम्बूका अनुसार महासंघमा ८ भन्दा धेरै जातिय कर्मचारी संगठनहरु आवद्ध रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु