
काठमाडौँ, ९ साउन । मानव अधिकार एवं कैदीबन्दी न्यायिक सरोकार मञ्चको अध्यक्षमा कोकिला पुन निर्वाचित हुनुभएको छ ।
मञ्चको भर्खरै काठमाडौँमा सम्पन्न नवौँ वार्षिक साधारण सभाले पुनको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
मञ्चको प्रथम उपाध्यक्षमा दामोदर ढकाल, द्धितीय उपाध्यक्षमा रत्नकुमार श्रेष्ठ, उपाध्यक्षमा लक्ष्मी खाँण, महासचिवमा सुदाम दुलाल र भोला विक, सचिवमा टेकबहादुर खड्का र पेमा लामा, कोषाध्यक्षमा हेमाकुमारी शर्मा ओली निर्वाचित हुनुभएको छ ।
यस्तै, सहसचिवमा प्रेणा तारम र सन्तोष घिमिरे, सदस्यहरुमा रिना तिवारी, विष्णु महत, भुमीराज राई, मधुर जिरेल, पूर्ण महर्जन र शिक्षा मल्ल निर्वाचित हुनुभएको छ । सो साधारणसभाले कानूनी सल्लाहकारमा मनिसकुमार श्रेष्ठ, वरिष्ठ सल्लाहकारमा धनबहादुर लामा, मिना थापा र महिमा गुरुङ हाडालाई नियुक्त गरेको छ ।


