तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

काँग्रेसभित्र सुधारको आवश्यकता छः नेता पौडेल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ श्रावण ११ गते, बुधबार १९:५७

नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीभित्र थुप्रै सुधारको आवश्यकता रहेको बताएका छन् । पार्टी र समग्र लोकतान्त्रिक प्रणालीमा नै सुधार गर्न नसकिए जनतालाई सुन्तुष्ट बनाउन नसकिने उनको भनाइ छ ।
बुधबार हलोक्रान्ति नेपाल तथा तोयानाथ स्मृति प्रतिष्ठानको आयोजनामा लमजुङको सुन्दरबजार नगरपालिका–४ स्थित दुराडाँडामा आयोजित कार्यक्रममा बोल्दै पौडेलले अबको लोकतन्त्र आर्थिक विकाससहितको हुनुपर्नेमा जोड दिए ।
‘काँग्रेसभित्र पनि थुप्रै सुधारको आवश्यकता छ । सुधार गर्न सकिएन भने यो व्यवस्थाले पनि जनतालाई सन्तुष्ट नबनाउन सक्छ’, उनले भने, ‘अबको लोकतन्त्र भनेको शासकीय स्वरुपमा मात्रै देखिने, आवधिक निर्वाचन हुने र निर्वाचन जित्नेले सरकार चलाउने सन्दर्भ मात्रै होइन । अबको लोकतन्त्र विकाससँग जोडिनुपर्छ ।’

उनले काँग्रेस नेपालको राजनीतिमा अब्बल समन्वयकारी क्षमता भएको पार्टी भएको पनि बताए । ‘हामीले कसैलाई पनि निधेष गर्दैनौँ । समग्रमा अतिवादमा विश्वास नगरीकन उदार समाजको निर्माण गर्ने पक्षमा काँग्रेस छ’, उनले भने । बहुदलीय व्यवस्थालाई सुदृढ गर्ने व्यवस्थाको नेतृत्व काँग्रेसले गर्दै आएको उल्लेख गर्दै पौडेलले जनतालाई खुसी बनाउने काम गर्न पनि काँग्रेस नै अग्रसर हुनुपर्नेमा जोड दिए । त्यसका लागि जनताको जीवन पद्धति सरल बनाउनेतर्फ ध्यानदिनुपर्ने उनको भनाइ छ ।
उनले हलो क्रान्तिका नायक तोयनाथ अधिकारीको तत्कालीन अवस्थाको योगदानको उच्च प्रसंशा समेत सो क्रममा गरेका थिए । पर्चा तथा जुलुस नगरिकन र हतियार नउठाइकन तरंग ल्याउने काम उनले तत्कालीन अवस्थामा गरेको उनको भनाइ थियो ।
२००६ साल साउन ११ गते अर्चलपानीमा पण्डित तोयनाथ अधिकारीलगायत २७ जना ब्राह्मणहरूले सामूहिक रूपमा हलो जोतेको दिनलाई हलोक्रान्तिको रुपमा उल्लेख गरिँदै आएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु