
युरोप पोर्चुगल – चितवनको विकास र सामाजिक भावना , समाजको एकता समृद्धिको चाहना भन्ने मुल नाराका साथमा हिजो चितवन समाज पोर्चुगलको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
प्रेम भण्डारी को प्रमुख अतिथ्यता रहेको कार्यक्रममा चितवन समाज पोर्चुगलको अध्यक्ष रवि अर्यालको नेतृत्वमा तीन उपाध्यक्ष , एक महासचिव , तीन सचिव र एक कोषाध्यक्ष गरि १७ सदस्यीय नया नेतृत्व चयन हुनुभएको छ ।
समाजले पोर्चुगल एवमं नेपालमा विभिन्न सामाजिक कार्यहरुमा निरन्तर सरिक रहदै आईरहेको र अगामी दिनहरुमा पनि सौझता पुर्वक लाग्ने नवनिर्बाचित अध्यक्ष अर्यालले प्रतिबद्धता जनाउनु भएको छ ।


