दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

तामाङ पत्रकार संघ भक्तपुरको आयोजनामा ३ दिने पत्रकारिता प्रशिक्षणको समुद्घाटन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ श्रावण २१ गते, शनिबार ३:२८

काठमाडौ । तामाङ पत्रकार संघ भक्तपुरले तिन दिवशीय निशुल्क उद्घोषण, व्यक्तित्व बिकास, छापा तथा अनलाई पत्रकारिता तालिमको आयोजना गरेको छ ।

पर्यटकिय हिसाबले अत्यन्तै महत्व बोकेको रमणिय स्थल नगरकोटको होटल साकुरा दरवारमा आयोजना गरेको तालिमको पहिलो दिन अर्थात उद्घाटन समारोह सम्पन्न भएको छ ।

शुक्रवार नगरकोटस्थित होटल साकुरा दरवारमा पहिलो दिनको समुद्घाटन कार्यक्रममा नेपाल तामाङ शैक्षिक परामर्श संघका अध्यक्ष के.डी.मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो भने तामाङ पत्रकार संघका केन्द्रिय सदस्य मिलन लामाको बिशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा चलचित्र निर्माता तथा निर्देशक विनय दोङ, नायक तथा मोडल टुल्साङ मोक्तान, माउण्ट एभरेष्ट युवा क्लवका अध्यक्ष एवम् युवा व्यावसायी शन्त बहादुर तामाङ लगायतका अतिथिहरुको उपस्थिति रहेका थिए ।

औपचारिक रुपमा छोटो कार्यक्रम सम्पन्न पश्चात राष्टिय प्रशिक्षक बिकास देव योन्जनले उद्घोषण तथा व्यक्तित्व बिकास बिषमा पहिलो दिनको तालिम सुचारु गरेका छन् ।

यस्तै भोली हुने दोस्रो दिनको प्रशिक्षण कार्यक्रममा बरिस्ठ पत्रकार एवम् प्रशिक्षक अमरध्वोज लामाले छापा तथा अनलाईन पत्रकारिता सम्बन्धि तालिम दिनेछन् ।

शुक्रवार देखी सुरु भएको तालिम आइतवार सम्म निरन्तर रहनेछ । तालिम अवधिभर प्रशिक्षक बिकास देव योन्जन र अमरध्वोज लामाले क्रमबद्ध रुपमा प्रशिक्षण दिनेछन् ।

पहिलो दिनको तालिममा विभिन्न ठाउंबाट २२ जना सहभागिहरु सहभागि भएका छन् भने भोली दोस्रो दिनको तालिममा केही संख्या थप हुने जानकारी तामाङ पत्रकार संघ भक्तपुरका अध्यक्ष सुदिन लामा दोङले जानकारी दिएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु