तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

कतार प्रहरीको आकर्षक रोजगारी फेरी विवादमा,अवसर नगुमाऊन सरोकारवाला निकायलाई आग्रह

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ श्रावण २६ गते, बिहीबार १६:४८

कतार प्रहरीको आकर्षक रोजगारी फेरी विवादमा परेको छ । कतार प्रहरीको आकर्षक रोजगारीको पुर्व स्वीकृति निकालेको अल ताक्वेत ओभरसिजमा वैदेशिक रोजगार विभागको एक टोलि पूगी प्रक्रियाको बारेमा जानकारी लिएको छ । कतार प्रहरीमा पठाउने भनि अन्तर्वार्ताको मिति समेत तोकिएको विज्ञापन पत्रिकामा सार्वजनिक भएपछि विभागले अल ताक्वेत ओभरसिजसँग उक्त प्रक्रियाको बारेमा जानकारी लिएको हो । उक्त विज्ञापनको लागी बैदेशिक रोजगार
विभागले नै स्वीकृत गरि लट नम्बर समेत दीईसकेको थियो । एक रास्ट्रीय दैनिक पत्रिकामा विज्ञापन निकालेको मेनपावरले साउन ३०,भदौ १ र २ गते अन्तर्वार्ताको मिति समेत तय गरिसकेको थियो । २०० जनाको डिमान्ड सबै कानूनी प्रक्रिया पुरा गरि पत्रिकामा विज्ञापन निकालिएको मेनपावर कम्पनीले बताएको छ ।
उक्त संस्थाले विभिन्न व्यक्तिहरुबाट लाखौ रुपैयाँ उठाएको भन्ने सूचना आएपछि बिभागको टोली पुगेको तेस्तो नभेटाएको विभागले जनाएको छ ।
गत बर्ष श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतार प्रहरीको डिमान्ड श्रम सम्झौताअनुसार प्रमाणीकरण गर्न अनुमति दिएको थियो ।
विवाद भएपछि र समयमा पठाउन नसकेपछी गतबर्ष पनि अल ताक्वेत ओभरसिजले ल्याएको कतार प्रहरीको २ सय जनाको डिमान्ड कतारले अन्य देशलाई दिएको थियो । गत बर्ष मागपत्र दिएपनि विविध कारणले समयमा उडाउन नसकेपछि फेरी हाल कतारको आन्तरिक मन्त्रालयले अल ताक्वेत ओभरसिजलाई २ सय जना कतार प्रहरीको रोजगारी पाईलट प्रोजेक्टको रुपमा दिएको थियो । यो मागपत्र समयमा पुर्ति गर्न नसके नेपालबाट सधैका लागी कतार प्रहरीको रोजगारी गुम्ने कतार निकट स्रोतले बतायो ।
फेरी पनि कतार प्रहरीको रोजगारी विवादमा तानीएको छ ।
गत बर्ष ओभरसिजले कामदार भर्ना प्रक्रिया जारी राखेकै अवस्थामा समयमा पठाउन नसकेपछि कतारले अन्य देशवाट उक्त माग पुर्ति गरेको थियो । यसपटक पनि गत बर्षकै घटना दोहोरीने सम्भावना बढेको छ ।
कतार प्रहरीमा लामो समयदेखि नेपाली कामदार लैजाने चर्चा चल्दै र सेलाउदै आएको छ । यस्मा केहि मेनपावर ब्यावसायी र माफियाहरु उक्त माग आफ्नो हातमा पार्न भरमग्दुर प्रयास गरिरहेका थिए । तर, चर्चा भन्दा हल्ला बढी हुने गरेकाले उक्त आकर्षक रोजगारी अन्य देशमा पुगेको छ । अहिलेसम्म करिव ३०० नेपाली उक्त रोजगारीमा गएका छन ।
यसअघि २०७६ को फागुनमा १७९ जना नेपाली कामदारलाई कतार प्रहरीमा पुगेका थिए । उनीहरुको कार्य सन्तोषजनक र उत्कृस्ट भएपछि कतारको आन्तरिक मन्त्रालयले कतार प्रहरीमा नेपाली भर्ना गर्ने निर्णय गरेको थियो । तर, उक्त छनौट प्रक्रियामा विभिन्न चलखेल भएपछी अघिल्लो बर्ष पनि उक्त अवसर नेपालबाट गुमेको थियो । यसपटक पनि सबै कानूनी प्रक्रिया पुरा गरेर नेपाली कामदारलाई उक्त सुवर्ण अवसर दिलाउन खोजको मेनपावर कम्पनीले जनाएको छ । उक्त कम्पनीले हल्लाको पछि नलाग्न नेपाल सरकार,श्रम मन्त्रालय,बैदेशिक रोजगार विभागलगाएत सरोकारवाला निकायहरुलाई अनुरोध गरेको छ ।
अल ताक्वेत ओभरसिजले उक्त रोजगारीमा आफ्नै कम्पनीले पठाउनुपर्छ भन्ने पनि नभएकोले यो अवसर चाही नगुमाऊन सरोकार वाला सबै निकायलाई आग्रह गरेको छ । कम्पनीले आफूहरुले कानुनको पुर्णरुपमा पालना गरेर मात्रै कतार प्रहरीमा पठाउन लागेको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु