दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाल फोरम अफ साइन्स जर्नालिस्ट्स (एनएफएसजे) को अध्यक्षमा पोखरेल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ श्रावण २७ गते, शुक्रबार १०:५६

काठमाडौ ।विज्ञान पत्रकारितामा क्रियाशील पत्रकारहरुको संस्था नेपाल फोरम अफ साइन्स जर्नालिस्ट्स (एनएफएसजे) को अध्यक्षमा राजन पोखरेल चयन भएका छन् । राज्धानीमा सम्पन्न एनएफएसजेको नवौं वार्षिक साधारणसभाले पोखरेललाई अध्यक्षमा चयन गरेको हो । करिब दुई दशकदेखि पत्रकारितामा क्रियाशील पोखरेल अंग्रेजी दैनिक दि हिमालयन टाइम्सका एक्टिङ एडिटर हुन् ।
एनएफएसजेको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः मधुसुधन गुरागाईं, गोविन्द पोखरेल र बालिका मादेन चुनिएका छन् । यसैगरी, सदस्यहरुमा इन्दिरा अर्याल, सोनाम लामा र अरुणा जोशी चयन भएका छन् । एनएफएसजेका निवर्तमान अध्यक्ष राजेन्द्र खनालले नवनिर्वाचित कार्यसमितिलाई बधाईं ज्ञापन गर्दै आगामी दिनमा संस्थाले नयाँ उचाई हासिल गर्ने विश्वास व्यक्त गरे ।
एनएफएसजेका संस्थापक अध्यक्ष छत्र कार्कीको संयोजकत्वमा लक्ष्मण डंगोल, राजेन्द्र खनाल, भद्र शर्मा, मणि दाहाल, अभयराज जोशी र सौगात बोलाखे सदस्य रहेको प्रोग्राम कमिटी गठन गरिएको छ । कमिटीले एनएफएसजेको कार्यसमितिसँग समन्वय गरी विज्ञान लेखन तथा पत्रकारितालाई प्रवद्र्घन गर्ने खालका कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु