साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा नव वर्ष २०८२ को उपलक्ष्यमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्ननयाँबसपार्क बचत तथा ऋण सहकारी संस्थाको १४ औँ साधारणसभा तथा अधिवेशन सम्पन्नउत्पादनमा जोड्न महिलालाई बाख्राका पाठी र बोका वितरणचार स्थानीय तहद्वारा नगरकोट भ्रमण वर्ष आयोजना, ११ लाख पर्यटक भित्र्याउने लक्ष्यगायिका देविका बन्दनालाई सम्मान ।। क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम ।।माटोको सुगन्ध लोकार्पण ।। मनमुटु र देशप्रेमले भरिएको सांगीतिक सिर्जना ।।उज्यालो टाईम्सद्वारा नववर्ष २०८२ को शुभकामना सहित भित्तेपात्रो (क्यालेण्डर) बिमोचनयुगिन कलाकार तथा निर्देशक पवन जोशीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड ।। नेवाः साधना कला केन्द्रको गौरबमय सम्मान ।।।बैरो संघको अध्यक्षमा गुरुङ,प्रथम उपाध्यक्षमा श्रेष्ठ, महासचिवमा बस्नेत र कोसाध्यक्षमा सिन्जाली विजयी,सबैसङ्ग सहकार्य गरेर अगाडी बढने गुरुङको घोषणा१९ मा हिमाल र इभाना च्याम्पियन

ऋषि धमला भन्छन् :‘अनुराग’ले हसाउँने र रुवाउँने एकसाथ गर्छ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन १० गते, बुधबार १३:०३

‘अनुरागमा माया छ, प्रेम छ, विछोड छ । यहाँ सबैको समिश्रण छ । अनुरागमा के छैन ?’
नायक–नायिकादेखि बाल कलाकारको यस्तो आग्रह

काठमाडौं, १० असोज । यही असोज १२ गते (शुक्रबार) बाट देशैभरि प्रदर्शनमा आउने सांगीतिक लभ स्टोरी कथामा बनेको चलचित्र ‘अनुराग’का प्रस्तुतकर्ता ऋषि धमलाले आफ्नो चलचित्र हेर्न आम दर्शकसमक्ष आग्रह गरेका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै धमलाले आफूले निर्माण गरेको चलचित्र युवा पुस्ताहरुको ढुकढुकी बन्ने दाबी समेत गरेका छन् ।

चलचित्र प्रदर्शनमा आउन जम्मा दुई दिनपनि बाँकी नभएको अवस्थामा निर्माण पक्ष भोलि चितवन जाने कुरा गर्दैछ, ढिला भएन र ? भनेर पत्रकारले सोधेको प्रश्नमा उनले भने,‘मैले प्रत्येक दिन अनुराग, अनुरागमात्रै भनिरहेको छु । मेरो मुखमा अनुराग झुण्डिएको छ । ऋषि धमलाको फिल्म भएकोले अहिले देशव्यापी रुपमा यो चलचित्र हेर्ने माहोल बनेको छ ।’


फिल्मकी नायिका एलिजा गौतमकै अघि पत्रकार धमलाले उनको अभिनयको खुलेर प्रशंसा गरेका थिए । उनले भने,‘एलिजा ६ महिनाको बच्चा आमा हुँदापनि यो फिल्मको सुटिङमा थिईन् । उनको अभिनय पनि अब्बल दर्जाको छ । एलिजासँगै यो चलचित्रमा सरोज खनाल, रुपा राणा, राजाराम पौडेलदेखि बाल कलाकारसम्मको जबरजस्त अभिनय छ। अनुरागमा माया छ, प्रेम छ, विछोड छ । यहाँ सबैको समिश्रण छ । अनुरागमा के छैन ?’

धमलाले आफ्नो चलचित्र ८० वर्षका बृद्धा आमा–बुवादेखि ५ वर्षसम्मको बालबालिकाहरुले हेर्न मिल्ने खालको भएको पनि विश्वास दिलाए । धमलाले थपे,‘मेरो चलचित्रमा समाजले पचाउने खालको दृश्यहरु छन् ।’

फरक प्रसँगमा धमलाले आफुले दुई दशकको पत्रकारिताको ईतिहाँसमा कहिल्यैपनि अस्वस्थ प्रतिष्पर्धा नगरेकोले फिल्म क्षेत्रमा पनि आफूले अस्वस्थ प्रतिष्पर्धा नगर्ने वचनबद्धता गरे । उनले भने,‘म चलचित्र जगतमा पनि स्वस्थ प्रतिष्पर्धा चाहन्छु । हामीले अनुरागको रिलिजिङ् डेट आजभन्दा तीन महिना अघि नै सार्वजनिक गरेका हौं । असोज १२ गते हाम्रो मुभी देशैभरि प्रदर्शनमा आउँदैछ । अब त्यो दिन अरु पनि मुभी रिलिज हुँदैछन् । ऋषि धमला भागेर पछि हट्दैन् ।’


धमलाले आफ्नो चलचित्रमा हसाउँनेदेखि रुवाउनेसम्मको स्टोरी रहेकोले हलमै गएर हेर्न आम दर्शकहरुलाई आग्रह गरेका छन् । उनले दोहोर्याएर भने,‘चलचित्रले माया, प्रेम र रोदनको कथालाई उठान गरेको छ । यो हाम्रो नयाँ प्रयास हो । हलमै गएर चलचित्र हेरेर हामीलाई हौसला प्रदान गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’

चलचित्र अनुरागको प्रेस–मिट भएपनि पत्रकार धमला भने आज निकै नोष्टाल्जिक बनेका थिए । उनले आफूले १४ वर्षको बाल्यकालदेखि नेपाली पत्रकारितामा पाईला टेकेको पनि आज स्मरण गराए । उनले भने,‘१४ वर्षको बालक हुँदा मैले सुरु गरेको पत्रकारितादेखि आजको दिनसम्म आईपुग्दा मैले यो अवधिमा कोही कसैसँगपनि सम्झौता गरेको छैन । २०४६ सालको जनआन्दोलनमा म ७ दिनसम्म जेल परें । लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षमा म सँधै दृढ छु । विधिको शासनको लागि र व्यवसायिक पत्रकारिताको लागि मैले कोही र कसैसँग पनि सम्झौता गरेको छैन ।’

धमलाले ०६२/६३ सालको जनआन्दोलनमा पनि आफू नेतृत्वको क्लबले अग्रणी भूमिका निर्वाह गरेको सुनाए । उनले भने,‘माघ १९ गते ज्ञानेन्द्रले कु गरे, मैले माघ २१ गते सडकमै साक्षात्कार गरेको थिएँ । लोकतन्त्रको लागि क्लब कोहीसँगपनि झुकेन । मैले त्यो दिन सिपी मैनाली, नारायण खड्का र भीम रावलसँग साक्षात्कार गरेको थिएँ ।’

धमलाले आफूहरुले त्यतिवेला मिशन पत्रकारिता गरेपनि अब त्यो युगको अन्त्य भएकोले व्यवसायिक पत्रकारितामा जोड दिनुपर्ने धारणा राखे । धमला पूनः चलचित्र अनुरागको बारेमा बोल्न फर्किए ।

उनले भावुक हुँदै भने,‘म अनुराग चलचित्रमा किन आएँ ? किनकी मलाई माया गर्ने धेरै हुनुहुन्छ । तपाईहरुलाई मेरो विगतपनि राम्रोसँग थाहा छ, र वर्तमानपनि । म आज हात जोडेर भन्न चाहन्छु, तपाईहरुको मायाले आज अनुरागको माहोल देशैभरि तातेको छ । मिडियाका साथीहरुले ठूलो साथ र सहयोग गर्नुभएको छ । त्यसैले यो चलचित्र निर्माण भएको दिनदेखि नै यसले ठूलो चर्चा तथा परिचर्चा पाएको छ ।म तपाईहरुप्रति आभारी छु।’

धमलाले अनुराग अहिलेको पुस्ताको लागि नयाँ टेष्ट हुने भन्दै यो युवाहरुकै प्रतिबिम्ब पनि भएको जिकिर गरे । उनले भने,‘चलचित्र निर्माता नयाँ, कथा नयाँ, हिरो तथा हिरोईन नयाँ, निर्देशक नयाँ, सबै नयाँ भएकोले दर्शकहरुले माया गरिदिनुहुन्छ भन्ने मेरो विश्वास छ । किनकी अहिलेको पुस्ताले नयाँ टेष्ट चाहेको छ।’

त्यस्तै कार्यक्रममा चलचित्रकी नायिका एलिजा गौतमले पनि आफ्नो ‘डेब्यु’ चलचित्र भएको सुनाउँदै सबैलाई यो चलचित्र हलमै गएर हेर्न आग्रह गरिन् । उनले भनिन्,‘हामीले यो चलचित्रको बारेमा धेरैभन्दा धेरै दर्शकसामू पुर्याउन कोशिस गरेका छौं । हाम्रो चलचित्र रिलिज हुन अब जम्मा २ दिन बाँकी छ । पर्सी शुक्रबार अल नेपाल प्रदर्शनमा आउँदैछ ।’
मुभी म्युजिकल लभ स्टोरी भएकोले अहिलेको पुस्ताले मन पराउने उनको विश्वास छ । उनले भनिन्,‘हाम्रो चलचित्रमा टिपिकल लभस्टोरी छ । परिवारका पुरै सदस्यले एकसाथ बसेर हेर्न मिल्ने चलचित्र छ । सबैले ईन्जोय गर्नुहुन्छ ।’
फरक प्रसँगमा उनले नेपालमा हप्तामा चारवटा चलचित्रहरु एकसाथ रिलिज गर्नु दुःखद् रहेको टिप्पणी गरिन् । उनले हप्तामा कम्तिमा एउटामात्रै चलचित्र प्रदर्शनमा ल्याउनुपर्ने सुझाव दिईन् ।

चलचित्रका नायक सुमन्द्र पण्डितले पनि चलचित्र अनुराग युवा पुस्ताहरुको लागि नयाँ टेष्ट बन्ने दाबी गरे । उनले भने,‘लगानीकर्ता, निर्देशक, हामी कलाकार सबै नयाँ छौं । हामीले नयाँ टेष्ट दिन खोजेका छौं । एकचोटी हलमै गएर यो चलचित्र हेरिदिन म आग्रह गर्दछु ।’
चलचित्रका संगीतकार सरोज पोखरेलले अनुरागमा ५ वटा गीत रहेको जनाए । गीतमा सुगम पोखरेल, प्रताप दास, ताराप्रकाश लिम्बु, अञ्जु पन्त र ममता गुरुङको स्वर रहेको उनले जानकारी दिए ।

कार्यक्रममा चलचित्रका सह–नायक थिलेन लामाले टिमवर्कमा चलचित्र धेरै राम्रो बनेको बताउँदै अहिलेको युवापुस्ताले मन पराउने विश्वास दिलाए । नायिका एलिजा गौतमले दुई वटा बच्चाकी आमा भएरपनि चलचित्रमा जबरजस्त र जीवन्त अभिनय गरेर उदाहरणीय काम गरेको भन्दै उनको प्रशंसा गरे ।
बाल कलाकारद्धय सुरज खड्का र शिवानी घतानीले पनि चलचित्र हलमै गएर हेरिदिन आग्रह गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु