
काठमाडौ ।अपाङ्गता सबैकाे साझा सवाल, बनाउने हाम्रो अभियान भन्ने मुल नाराका साथ अपाङ्गता-अभिभावक समाज नेपाल चन्द्रागिरि-१२, बलम्बुकाे प्रथम वार्षिक साधारणसभा शनिबार ४ गते भब्यताका साथ सम्पन्न भएकाे छ ।
कार्यक्रमका प्रमुख अतिथि पुर्व मन्त्री तथा संघीय सांसद माननीय कृष्ण गाेपाल श्रेष्ठले शुभकामना मन्तब्य दिने क्रममा अपाङ्गभएका ब्यक्तिहरू र तिनका अभिभावकहरूका सवालहरूका बिषयमा सदै अाफु सकारात्मक रहेकाे र सदै सबै प्रकारकाे सहयाेगका लागि प्रतिबद्ध समेत रहेकाे जानकारि गराउनु भएकाे थियाे ।
शुभकामना मन्तब्य दिदै वागमती प्रदेश सांसद तथा कार्यक्रमका विशिष्ट अतिथि माननीय केशव पाेखरेलले संस्थाले गरेकाे अपाङ्गता भएका ब्यक्ति र तिनका अभिभावकहरू लाई संगठित गर्ने कार्य उत्कृष्ट रहेकाे र संस्थाले छाेटाे समयमा नै थुप्रै काम गर्न सफल पनि भएकोले अागामि दिनकाे सफलताकाे शुभकामना दिदै अाफ्नाे तर्फबाट पदमा रहे पनि नरहेपनि सधै सहयाेग गर्ने प्रतिवद्धता समेत गर्नु भएकाे थियाे ।
शुभकामना मन्तब्य दिने क्रममा चन्द्रागिरि नगरपालिका उपप्रमुख तथा कार्यक्रमका बिशिस्ट अतिथि बसन्ती श्रेष्ठले अपाङ्गता भएका ब्यक्तिहरूका लागि चन्द्रागिरि नगरपालिका सधै अभिभावककाे भुमिका निर्वाहा गर्न तयार रहेकाे समेत जानकारी गराउनु भएमाे थियाे ।
चन्द्रागिरि नगरपालिका वडा नं. ६ का अध्यक्ष संजय सिग्देल, वडा नं. ११ का वडा अध्यक्ष नरेन्द्र राज श्रेष्ठ, दहचाेक स्वास्थ्य चाैकिका प्रमुख सुमन घिमिरेले कार्यक्रमकाे सफलताको शुभकामना दिदै शुभकामना मन्तब्य दिनु भएको थियोे ।
साधारणसभामा संस्थाका अध्यक्ष टेक बहादुर बमले
संस्थाकाे अा.व.२०७८/२०७९ काे प्रगति प्रतिबेदन तथा भावि याेजनाकाे विषयमा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियाे भने संस्थाका काेषाध्यक्ष सुनिता ढुंगानाले अा.व.२०७८/२०७९ काे संस्थाकाे अाय व्यय विवरण प्रस्तुत गर्नु भएकाे थियोे । सतुङ्गल पार्टी प्यालेस सतुङ्गलमा संस्थाका अध्यक्ष टेक बहादुर बम काे अध्यक्षतामा संचालन भएकाे कार्यक्रमकाे संचालन संस्थाका सचिव भावना कुमारि ढकालले गर्नु भएकाे थियाे । कार्यक्रममा चन्दागिरि नगरपालिका अन्तरगत बसाेवास गर्नु हुने अपांगता भएका ब्यक्ति र तिनका अभिभावक गरि १८० जनाकाे सहभागीता रहेकाे थियो ।


