दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

विश्व हिन्दू परिषद् नेपालद्वारा थारू गुरुवा सम्मान कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ भाद्र ८ गते, बुधबार १८:५६

कञ्चनपुर भाद्र ८ गते । विश्व हिन्दू परिषद् नेपाल कञ्चनपुरद्वारा थारू गुरुवा, भगत, भर्रा, भलमनसा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । थारु संस्कृति रक्षार्थ विशिष्ट योगदान पु¥यानु हुने व्यक्तित्वहरुलाई परिषद्ले समय–समयमा सम्मान गर्दै आएको छ । यस पूर्व कैलालीका थारु अगुवाहरुलाई सम्मान गरिएको थियो ।

कञ्चनपुरको बेलौरी नगरपालिका स्थित उद्योग बाणिज्य संघको सभाहलमा मंगलबार आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि पूज्य श्री लक्ष्मण भारती (बालक बाबा) एवं अतिथिगण श्री देवी भारती, श्री हर्केश विष्ट, श्री राजु चौधरी, श्री बेचनलाल चौधरी, गिरीलाल चौधरी, क्षमानन्द राना, साथिराम राना लगायत थारु अगुवा एवं परिषदका राष्ट्रिय संगठन सचिव श्री प्रल्हाद कुमार सहित स्थानीय कार्यकर्ताहरु समेतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वक्ताको रुपमा बोल्दै थारू अगुवाहरुले थारू समुदायमा फैलिदै गएको ईशाइकरणले मौलिक थारु संस्कृति समाप्त पार्दै गएको भन्दै आक्रोश व्यक्त गरे । थारु संस्कृति संरक्षणको लागि ईशाइकरण रोक्न अपरिहार्य रहेकोले समस्त थारू समुदायलाई संगठित हुन आह्वान समेत गर्नु भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु