दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाली नारीहरुको महान पर्व हरितालिका तीजलाई भड्किलो नबनाउन नेताहरुले आग्रह

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ भाद्र १० गते, शुक्रबार १६:३३

काठमाडौैं, भदौ १० । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजलाई भड्किलो नबनाउन नेताहरुले आग्रह गरेका छन् ।

बिहिबार काठमाडौंमा नेपाली कांग्रेस क्षेत्र न. ९ (क) प्रदेशद्वारा आयोजित तीज शुभकामना आदनप्रदान तथा जनचेतना कार्यक्रममा वक्ताहरुले यस्तो धारणा व्यक्त गरेका हुन् ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा संविधान सभा सदस्य ध्यानगोबिन्द रञ्जितले संस्कृतिको संरक्षण र निरन्तर्ता दिनुपर्ने तर यसलाई भड्किलो बनाउन नहुने बताए । उनले तीज पर्व मनाउने नाममा विभिन्न होटल तथा पार्टी प्यालेसमा दर खाने तथा भेटघाट कार्यक्रम गर्ने, गरगहना प्रदर्शन गर्ने, फजुल खर्च गर्ने, विभिन्न साङ्गीतिक कार्यक्रमले तीज पर्व भड्किलो हुँदै गएकाले यस्तो नगर्न आग्रह गरे ।

यस्तै नेपाली काँग्रेसका केन्द्रिय सदस्य नानु बास्तोलाले भाद्र शुक्ल द्वितीयदेखि पञ्चमीसम्म दर खाने, व्रत बस्ने तथा भगवान् शिवको आराधना गरी नाचगान गरि मनोरञ्जन गर्दै मनाइने तीज पर्व मौलिकताको जर्गेना गर्ने गरी मनाउन पर्ने बताए ।

युवा नेता तथा प्रदेश (क) का सभापति मोहन बस्नेतले तीज भड्किलो नबनाई परम्परागत मौलिक संस्कृतिको संरक्षण र धार्मिक संस्कृतिको जगेर्ना गर्ने गरी मनाउनु पर्ने बताए । उनले कुनै पनि पर्वलाई आफ्नो गक्ष्य अनुसार बनाउनु पर्ने र समाजलाई नै भड्किलो हुने गरि नमनाउन आग्रह गरे ।

तीजलाई गरगहनाको प्रदर्शनको रुपमा मनाउँदा समाजमा सामाजिक सद्भाव भड्काउने हुँदा यसप्रति सजग र सचेत हुन आवश्यक रहेको बताए ।
कार्यक्रममा क्षेत्रीय अध्यक्ष जयकृष्ण महर्जन, कामपा १४ का अध्यक्ष सुमन श्रेष्ठलगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु